२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सामाजिक सञ्जाल किन प्रयोग गर्दैनन् सैफ अलि खान ? यस्ताे रहेछ कारण

१ कार्तिक २०७९, मंगलवार ०५:४६

कात्तिक १, मुम्बई | बलिउडमा सेलिब्रेटीहरू आफ्नो व्यावसायिकदेखि निजी जीवनसँग जोडिएका कुराहरू सामाजिक सञ्जालमा अपडेट गरिरहन्छन् । उनीहरू आफ्नो प्रदर्शन हुन लागेको फिल्मको प्रचार पनि उत्तिकै गर्छन् ।


बलिउडमा सैफ अलि खान, रणवीर कपुर जस्ता कलाकार सामाजिक सञ्जाल प्रयोगमा जोड दिँदैनन् । अर्थात् उनीहरू प्रयोग गर्दैनन् । सैफले हालैमात्र सामाजिक सञ्जाल प्रयोग नगर्नुको कारण खुलाए । सैफ सामाजिक सञ्जालमा झुटो कुरा बढी बोल्नुपर्ने भएकाले पनि आफूले कहिल्यै यसको प्रयोग नगरेको खुलाउँछन् ।

‘मैले सामाजिक सञ्जालमार्फत फ्यानमाझ जोडिन प्रयास गरें, तर मैले एउटा पनि सही आइडी भेटिनँ । किनकि मेरो नामबाट पहिले कैयौं किसिमका एकाउन्ट बनिसकेका रहेछन् । सामाजिक सञ्जाल तनावपूर्ण स्थान हो । यहाँ धेरै झुटो कुरा बोल्नुपर्छ । सामाजिक सञ्जालमा अर्को व्यक्तिको तारिफ गर्न दबाब झेल्नु अर्को तनावपूर्ण काम हो’, उनले भनेका छन् ।

सैफले हालै रिलिज फिल्म ‘विक्रम वेधा’मा आफ्नो अभिनयका लागि तारिफ पाएका थिए । फिल्ममा उनी प्रहरी अधिकृतको भूमिकामा थिए । कामको कुरा गर्दा सैफ आगामी वर्ष फिल्म ‘आदिपुरुष’मा प्रभासका साथ देखिँदैछन् । जहाँ उनले रावणको भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस