कात्तिक ३, काठमाडौँ | फिल्म ‘प्रसाद २’ को अभिनेत्रीको रुपमा केकी अधिकारी फाइनल भएकी छन् । निर्माण युनिटले मुख्य भुमिकाको लागि केकीलाई अनुबन्धित गरेको हो ।
अभिनेत्री नम्रता श्रेष्ठको स्थानमा केही फाइनल भएको निर्माण युनिटले जनाएको छ । केकीलाई भित्रिएसँगै फिल्मको काम पनि अव अगाडि बढ्ने भएको छ ।
अभिनेता विपिन कार्की र निर्माण युनिटका लफडाको कारण केही अगाडि फिल्मको छायांकन रोकिएको थियो । त्यसपछि नम्रताले नभ्याउने भन्दै फिल्म छोडेकी थिइन् । सोही कारण फिल्मको छायांकन अगाडि बढ्न सकेको थिएन ।
फिल्मको छायांकन अव मंसिरबाट सुरु हुनेछ । सुशिल पौडेलले लेखेको, सुवास थापाको लगानी रहेको फिल्म हिट फिल्म ‘प्रसाद’ को सिक्वेलको रुपमा निर्माण हुन लागेको हो ।