वर्षाले किन गरिन् फेसबुक ‘डिएक्टिभ’ ?

Posted on: 20 Oct, 2022

कात्तिक ३, काठमाडौँ | अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो ‘फेसबुक अकाउण्ट डिएक्टिभ’ गरेकी छन् । पछिल्लो समय उनको श्रीमानसँग सम्बन्ध राम्रो नरहेको खबर सार्वजनिक भइरहेको छ । साथै, उनले बुधबार भूकम्प आएपछि डरले ‘मिनी हार्टअट्याक’ भएको फेसबुकमा स्टाटस् कोरेकी थिइन् । पछि उनले फेसबुक पोस्ट पुनः सम्पादन गर्दै भूकम्पको कारण आफूलाई ‘मिनी–हार्ट अट्याक’ भएको उल्लेख गरेकी थिइन् ।

 

उनै वर्षाले बिहीवारदेखि आफ्नो फेसबुक डिएक्टिभ गरेकी हुन् । उनले, फेसबुक डिएक्टिभ गर्नुको कारण खुलेको छैन । यद्यपि, उनले फेसबुक डिएक्टिभ गर्नुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । 

यता, अभिनेत्री पूजा शर्मा भने फेसबुकमा फर्किएकी छन् । उनले आफ्नो फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनपछि फेसबुक डिएक्टिभ गरेकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!