२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

मनि लाउन्डिङ प्रकरण : सुकेशले ज्याकलिनबारे जेलबाट लेखे चिट्ठी

६ कार्तिक २०७९, आईतवार ०७:४८

कात्तिक ६, काठमाडौँ | ठगीको आरोप लागेका सुकेश चन्द्रशेखर दिल्लीको मंडोली जेलमा बन्द छन् । सुकेशसँग मनी लन्ड्रिङ केसमा बलिउड नायिका ज्याकलिन फर्नान्डिस पनि आरोपको घेरामा छिन् । सुकेशले अब जेलबाट आफ्ना वकिललाई चिट्ठी लेखेका छन् जसमा सुकेशले ज्याकलिन फर्नान्डिसको विषयमा खुलासा गरिएको छ ।

ईडीले अनुसन्धानका लागि ज्याकलिनले कहिल्यै सहयोग नगरेको र प्रमाण लुकाउन भूमिका खेलेको आरोप लगाएको छ । साथै उनी देश छाडेर भाग्ने कोसिसमा रहेको समेत ईडीको दाबी छ । अन्तरिम जमानत बढाउने आदेशले मुद्दाको अनुसन्धान प्रभावित हुनसक्ने समेत जिकिर गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Conman Sukesh Chandrashekhar defends Jacqueline in a letter from jail |  Bollywood Bubble

चन्द्रशेखर र ज्याकलिनबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । चन्द्रशेखरले ज्याकलिनलाई महंगा गहना र गाडी उपहार दिएका थिए । त्यसपछि ज्याकलिन पनि यो मुद्दामा तानिएकी हुन् ।

यसैबीच, ठगीको आरोपमा दिल्लीको मन्डोली जेलमा रहेका सुकेश चन्द्रशेखरले भने यो मुद्दामा ज्याकलिन निर्दोष रहेको दाबी गरेका छन् । 

कारागारबाट सुकेशले आफ्ना वकिललाई लेखेको पत्रमा उनले लेखेका छन्, ‘यो निकै दुर्भाग्यपूर्ण हो कि पिएमएलए मामिलामा ज्याकलिनलाई आरोपी बनाइएको छ । मैले पहिला नै स्पष्ट रुपमा भनेको थिएँ कि हामी एक सम्बन्धमा थियौँ र मैले त्यहि सम्बन्धअन्तर्गत उनलाई र उनको परिवारलाई उपहार दिएको थिएँ । यसमा उनको के दोष ?’

सुकेशले थपे, ‘ज्याकलिनले मबाट प्रेम र साथबाहेक केही पनि मागेकी थिइनन् । ज्याकलिन र उनको परिवारमाथि खर्च गरिएको एक–एक पैसा कानुनी रुपमा कमाइएको थियो र यो छिट्टै ट्रायल कोर्टमा साबित हुनेछ ।’

सुकेशले मनी लन्ड्रिङ केसमा ज्याकलिन र उनको परिवारलाई तान्न कुनै आवश्यक नभएको पनि बताए । सुकेशले लेखे, ‘भोलिको दिनमा म अदालतमा प्रमाणित गरिदिन्छु कि ठगीको मामिलामा ज्याकलिन र उनको परिवारलाई जबर्जस्ती तानिएको छ । यसमा उनीहरुको कुनै गल्ती छैन । म ज्याकलिनलाई त्यो सबै फिर्ता दिनेछु जुन उनले गुमाएकी छिन् र उनलाई पूर्ण रुपमा निर्दोष साबित गरेरै छाड्छु । ’

सुकेशले आफूमाथि चलिरहेको ठगीको ममिलालाई राजनीतिक षड्यन्त्र बताएका छन् ।

दिल्लीको पटियाला हाउस अदालतले उनलाई दिएको अन्तरिम जमानतलाई बढाएर १० नोभेम्बरसम्म पुर्‍याइदिएको छ । तर प्रवर्तन निर्देशनालय (ईडी)ले भने ज्याकलिनको जमानत याचिकाको कडा विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव