२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

मनि लाउन्डिङ प्रकरण : सुकेशले ज्याकलिनबारे जेलबाट लेखे चिट्ठी

२०७९, ६ कार्तिक आईतवार ०७:४८

कात्तिक ६, काठमाडौँ | ठगीको आरोप लागेका सुकेश चन्द्रशेखर दिल्लीको मंडोली जेलमा बन्द छन् । सुकेशसँग मनी लन्ड्रिङ केसमा बलिउड नायिका ज्याकलिन फर्नान्डिस पनि आरोपको घेरामा छिन् । सुकेशले अब जेलबाट आफ्ना वकिललाई चिट्ठी लेखेका छन् जसमा सुकेशले ज्याकलिन फर्नान्डिसको विषयमा खुलासा गरिएको छ ।

ईडीले अनुसन्धानका लागि ज्याकलिनले कहिल्यै सहयोग नगरेको र प्रमाण लुकाउन भूमिका खेलेको आरोप लगाएको छ । साथै उनी देश छाडेर भाग्ने कोसिसमा रहेको समेत ईडीको दाबी छ । अन्तरिम जमानत बढाउने आदेशले मुद्दाको अनुसन्धान प्रभावित हुनसक्ने समेत जिकिर गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Conman Sukesh Chandrashekhar defends Jacqueline in a letter from jail |  Bollywood Bubble

चन्द्रशेखर र ज्याकलिनबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । चन्द्रशेखरले ज्याकलिनलाई महंगा गहना र गाडी उपहार दिएका थिए । त्यसपछि ज्याकलिन पनि यो मुद्दामा तानिएकी हुन् ।

यसैबीच, ठगीको आरोपमा दिल्लीको मन्डोली जेलमा रहेका सुकेश चन्द्रशेखरले भने यो मुद्दामा ज्याकलिन निर्दोष रहेको दाबी गरेका छन् । 

कारागारबाट सुकेशले आफ्ना वकिललाई लेखेको पत्रमा उनले लेखेका छन्, ‘यो निकै दुर्भाग्यपूर्ण हो कि पिएमएलए मामिलामा ज्याकलिनलाई आरोपी बनाइएको छ । मैले पहिला नै स्पष्ट रुपमा भनेको थिएँ कि हामी एक सम्बन्धमा थियौँ र मैले त्यहि सम्बन्धअन्तर्गत उनलाई र उनको परिवारलाई उपहार दिएको थिएँ । यसमा उनको के दोष ?’

सुकेशले थपे, ‘ज्याकलिनले मबाट प्रेम र साथबाहेक केही पनि मागेकी थिइनन् । ज्याकलिन र उनको परिवारमाथि खर्च गरिएको एक–एक पैसा कानुनी रुपमा कमाइएको थियो र यो छिट्टै ट्रायल कोर्टमा साबित हुनेछ ।’

सुकेशले मनी लन्ड्रिङ केसमा ज्याकलिन र उनको परिवारलाई तान्न कुनै आवश्यक नभएको पनि बताए । सुकेशले लेखे, ‘भोलिको दिनमा म अदालतमा प्रमाणित गरिदिन्छु कि ठगीको मामिलामा ज्याकलिन र उनको परिवारलाई जबर्जस्ती तानिएको छ । यसमा उनीहरुको कुनै गल्ती छैन । म ज्याकलिनलाई त्यो सबै फिर्ता दिनेछु जुन उनले गुमाएकी छिन् र उनलाई पूर्ण रुपमा निर्दोष साबित गरेरै छाड्छु । ’

सुकेशले आफूमाथि चलिरहेको ठगीको ममिलालाई राजनीतिक षड्यन्त्र बताएका छन् ।

दिल्लीको पटियाला हाउस अदालतले उनलाई दिएको अन्तरिम जमानतलाई बढाएर १० नोभेम्बरसम्म पुर्‍याइदिएको छ । तर प्रवर्तन निर्देशनालय (ईडी)ले भने ज्याकलिनको जमानत याचिकाको कडा विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति