२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कन्नड फिल्म ‘कान्तरा’को कमाइ निरन्तर उकालो लाग्दै, भारतमा कमायो १५० करोड

८ कार्तिक २०७९, मंगलवार १२:०४

कात्तिक ८, काठमाडौँ | कन्नड फिल्म ‘कान्तरा’ अहिले निकै चर्चामा छ । दर्शकले फिल्मलाई रुचाउँदै प्रशंसामा आफ्ना शब्दहरु खर्चिरहेका छन् ।

बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको कान्तरा गत ३० सेप्टेम्बरमा रिलिज भएको हो । पोन्नियिन सेल्वन-१ जस्तो साउथ फिल्म र ऋतिक रोशन र सैफअलि खान स्टारर बलिउड फिल्म ‘विक्रम वेधा’सँगै कान्तरा रिलिज भएको थियो । अरु फिल्म हिन्दी लगायत अन्य भाषामा रिलिज हुँदा कान्तरा भने कन्नडमा मात्रै आएको थियो ।


कान्तराको सकारात्मक समीक्षा र अर्को भाषामा पनि रिलिज गर्नुपर्ने दर्शकको मागका कारण १४ अक्टोबरमा फिल्म हिन्दी भाषामा पनि प्रदर्शनमा ल्याइयो । यसको केही दिन पहिले तेलुगू र तमिल भाषामा पनि फिल्म रिलिज गरिसकिएको थियो । २० अक्टोबरमा मलायालममा पनि आएपछि फिल्म अहिले पाँच भाषामा चलिरहेको छ ।

कान्तरा सिनेमा हलमा लागेको चौथो हप्ता पूरा हुन लागेको छ । फिल्मले भारतीय बक्स अफिसमा हालसम्म १५० करोड भारुको व्यापारिक आँकडा पार गरिसकेको छ । यसको विश्वव्यापी कमाइ २०० करोड भारु रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

रिसब सेट्टीको लेखन तथा निर्देशन रहेको कान्तरामा रिसब सेट्टी, किशोर, अच्युत कुमार, प्रमोद सेट्टी, सप्तमी गोड्वा लगायतको मुख्य भूमिका रहेको छ । फिल्मले नेपालमा पनि राम्रै कमाइ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस