कात्तिक १५, काठमाडौँ | बलिउडको थुप्रै चर्चित फिल्ममा काम गरिसकेकी नायिका रम्भाको कार दुर्घटना भएको छ । दुर्घटनामा रम्भाको कार क्षतीग्रस्त भएको छ । कारमा नायिकाकी छोरी र छोरीलाई हेरविचार गर्ने सहयोगी पनि थिए । नायिकाकी छोरीलाई अस्पताल भर्ना गरिएको छ ।
कसरी भयो दुर्घटना ?
नायिका रम्भाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा कार दुर्घटनाको खबर साझा गरेकी छिन् । उनले कारको तस्बिर पनि सेयर गरेकी छिन् । फोटोमा तपाईं देख्न सक्नुहुन्छ कि कार नराम्रोसँग क्षतीग्रस्त भएको छ । तर उनलाई धेरै चोट भने लागेन ।
दुर्घटनाको खबर साझा गर्दै उनले आफ्नो पोस्टमा लेखिन्, ‘बच्चालाई स्कूलबाट लिएर आउँदा हाम्रो कार अर्को कारसँग ठोक्कियो । मसँग मेरो बच्चा र उनलाई हेरविचार गर्ने सहयोगी थिइन् । हामी सबै सुरक्षित छौँ । हामीलाई हल्का चोट लागेको छ । तर मेरी छोरी साशा अहिले पनि अस्पतालमा छिन् । कृपया हाम्रो लागि प्रार्थना गर्नुहोस् । तपाईंहरुको प्रार्थनाले निकै महत्वपूर्ण भूमिका खेल्नेछ ।’