कात्तिक २०, काठमाडौँ | आलिया भट्टले मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा छोरीलाई जन्म दिएकी छन् । यो खबर रणवीरकी बहिनी रिद्धिमा कपुर साहनीले पुष्टि गरेकी हुन् । मिडिया रिपोर्टका अनुसार भट्टलाई उनका पति रणवीर कपूरले बिहान अस्पताल लगिएका थिए।
आलिया भट्टले जुन २७ मा एक मनमोहक पोस्टमार्फत आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन् । पाँच वर्ष रिलेसनसिपमा बसेपछि यस वर्षको वैशाख महिनामा रणवीर र आलियाको विवाह भएको थियो । उनले आफ्ना पति रणबीर कपूरसँगको अल्ट्रासाउन्ड साउन्ड स्क्रिनमा हेर्दा आफूसँगको तस्विर सेयर गरेकी थिइन् । उनले पोस्टको क्याप्शनमा लेखेकी थिइन् , "हाम्रो बच्चा … चाँडै आउँदैछ ।"