२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कान्तारा’ को विश्वव्यापी ३ सय करोड माथि कारोबार, कलाकारको पारिश्रमिक कति ?

२२ कार्तिक २०७९, मंगलवार १२:०२

कात्तिक २२, काठमाडौँ। दक्षिण भारतीय फिल्म ‘कान्तारा’ अहिले जहाँतहीँ छाइरहेको छ । यो फिल्मले साउथमा मात्र होइन, हिन्दी बेल्टमा पनि राम्रो कमाई गरेको छ । फिल्मले विश्वव्यापी रूपमा ३ सय करोड माथिको कारोबार गरिसकेको छ । १६ करोड बजेटमा बनेको फिल्मले दर्शकको साथ उत्तिकै पाइरहेको छ ।


फिल्मको प्रमुख भूमिकामा अभिनय गरेका ऋषभ शेट्टीले फिल्मको लेखनसँगै निर्देशन गरेका हुन् । यो फिल्ममा अभिनय गर्ने कलाकारले कति पारिश्रमिक लिए भन्ने अहिले आम चासो छ ।

ऋषभ शेट्टी

फिल्ममा ऋषभले शिवा पात्रको भूमिकामा अभिनय गरेका छन् । उनले यो फिल्मका लागि ४ करोड रुपैयाँ पारिश्रमिक लिएका छन् ।

Rishab Shetty Salary Kantara

सप्तमी गौडा

सप्तमीले फिल्ममा ऋषभको प्रेमिका लीलाको भूमिका निर्वाह गरेकी छन् । उनले फिल्मका लागि १ करोड २५ लाख पारिश्रमिक लिएकी छन् ।

Sapthami Gowda Kantara Cast Salary

अच्युत कुमार

फिल्ममा अच्युतले देवेन्दको भूमिका निभाएका छन् । उनी फिल्मका भिलेन हुन् । कैयौं फिल्ममा अभिनय गरेका अच्युतले ७५ लाख रुपैयाँ पारिश्रमिक बुझेका छन् ।

Achyuth Kumar Salary Kantara

किशोर

दक्षिण भारतीय फिल्मका लोकप्रिय अभिनेता किशोरले फिल्ममा इन्स्पेक्टर मुरलीधरको भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा अभिनयका लागि उनले १ करोड पारिश्रमिक लिएका छन् ।

Kishore Kantara

प्रमोद शेट्टी

प्रमोदले फिल्ममा सुधाकाराको भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा काम गर्नका लागि उनले ६० लाख रुपैयाँ बुझेका छन् ।

Pramod Shetty Salary Kantara

दीपक राय पानाजे

फिल्ममा दीपकले सुन्दराको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनको भूमिका निकै दिलचस्प छ । फिल्मका लागि उनले ४० लाख रुपैयाँ पारिश्रमिक लिएका छन् ।

Deepak Rai Panaaje Salary Kantara

नवीन डी पडिल

नवीन साउथमा कमेडी भूमिकाका लागि चिनिन्छन् । उनले फिल्ममा वकिलको भूमिका निर्वाह गरेका छन् । उनले यो भूमिकाका लागि २५ लाख रुपैयाँ पारिश्रमिक बुझेका छन् ।

Naveen D Padil

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस