२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रिलिज अघि नै अल्लु अर्जुनको ‘पुष्पा २’ ले तोड्यो ‘आरआरआर’ को रेकर्ड !

२४ कार्तिक २०७९, बिहीबार ०६:५५

कात्तिक २४, काठमाडौँ | दक्षिण भारतीय फिल्म ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ लाई लिएर फ्यानहरु उत्साहित छन्। यसैबिच, अल्लू अर्जुन र रश्मिका मन्डनाको मुख्य भूमिका रहेको ‘पुष्पा द रुल’ को विदेश थिएटर राइट्सलाई लिएर नयाँ खबर बाहिरिएको छ।


निर्माताहरुले पुष्पाको सिक्वेलको विदेशी थिएटर राइट्स बिक्रीका लागि मंहगो मूल्य तोकेका छन्। फिल्मका निर्माताले विदेशी अधिकार सुरक्षित गर्न ८० करोड भारतीय रुपैयाँभन्दा बढी रकम तोकेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

एसएस राजामौलीको ‘आरआरआर’ भन्दा ‘पुष्पा २’ को विदेशी थिएटर अधिकारको मूल्य बढी हो। किनकी ‘आरआरआर’ को ‌ओभरसिज थिएटर अधिकार ७० करोड भारतीय रुपैयाँमा बिक्री भएको थियो। जसकारण पुष्पा २ ले रिलिज हुनुअघि ‍आरआरआरको रेकर्ड तोडेको स्थानीय मिडियाले उल्लेख षरेका छन्।

पछिल्लो समय विश्वभर नै दक्षिण भारतीय फिल्मको लोकप्रियता बढ्दो छ। जसकारण पुष्पाको सिक्वेलले पनि बम्पर कमाई गर्ने आशा गरिएको छ। अर्को हप्ता नै फ्लोरमा जाने भनिएको फिल्मको हालै टिजर सुटिङ सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस