मङ्सिर १६, काठमाडौँ | चर्चित लोकदोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छन् । अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग शुक्रबार उनको विवाह भएको हो ।
टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी कल्पना विवाहपछि अमेरिकामा जाने तयारीमा छिन् । ललितपुर इमाडोलस्थित एक पार्टी प्यालेसमा विवाह समारोह भएको हो ।
गत जेठमा कल्पना र पुण्यले अदालती विवाह गरिसकेका थिए । अहिले भने परम्पराअनुसार विवाह गरेका हुन् ।