मङ्सिर २३, काठमाडौँ । केहि सिनेमा हलहरूले मंसिर २३ गते अर्थात आज शुक्रवारदेखि विश्वकप फुटबल देखाउन लागेका छन् ।
यस सन्दर्भमा सिनेमा हलहरूलाई चलचित्र विकास बोर्डले ध्यानाकर्षण पत्र पठाउँदै फिल्म प्रदर्शन गर्न दिईएको ईजाजत पत्रमा उल्लेख भए बमोजिमका शर्तमा मात्र प्रदर्शन गर्न सुचित गरेको छ ।
फिल्म प्रदर्शन गर्न दिईएको ईजाजत पत्रको अनुसुचि ७ मा व्यवस्था भएअनुसार हल सञ्चालन नभए नियमानुसारको कारबाही हुने ब्यहोरासहित नेपालभरका जिल्ला प्रशासन कार्यालयहरू र चलचित्र संघलाई बोधार्थ दिँदै बोर्डले पत्राचार गरेको हो ।