२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका मल्टिप्लेक्समा ‘अवतार २’को अग्रिम टिकट बिक्री आक्रामक

२६ मंसिर २०७९, सोमबार ११:२९

मङ्सिर २६, काठमाडौँ | १३ वर्षपछि प्रदर्शन हुन लागेको यस वर्षकै बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङको संकेत गरेको छ ।

सोमबार मध्यान्हसम्म मुख्य मल्टिप्लेक्स चेनमा ‘अवतार : द वे अफ वाटर’को ५० प्रतिशत टिकट बिक्री भइसकेको छ । यसको अर्थ प्रदर्शन हुन पाँच दिन बाँकी रहँदा पहिलो सप्ताहन्तमा टिकट अझै बिक्री हुने देखिन्छ ।

हलले बुकिङ नभएर अग्रिम टिकट बिक्री खुलाएका हुन् । अंग्रेजी फिल्मले बढी कमाउने क्यूएफएक्सका प्रमुख मल्टिप्लेक्स हलमा आजभित्रै टिकट सोल्डआउट हुने ट्रेन्ड देखिएको छ ।


क्यूएफएक्सले थ्रीडीतर्फ ४७ शो र टुडीतर्फ १३ गरेर कुल ६० शो दिएको छ । फिल्मको लम्बाइ नै ३ घण्टा १० मिनेट भएकाले शो संख्यामा कमी देखिनु स्वाभाविक हो । यो फिल्मले हलको साढे तीन घण्टा समय होल्ड गर्ने भएको छ ।

‘अवतार २’ले नेपाली बक्स अफिसमा एक करोड रुपैयाँ ग्रसभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ‘वर्ड अफ माउथ’ बलियो भएमा फिल्मको सप्ताहन्त ओपनिङ तीन करोड पार गर्ने प्रारम्भिक मूल्यांकन छ । नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।

‘अवतार’ नेपालमा रिलिज हुने पहिलो थ्रीडी डायमेन्सनको फिल्म हो । तत्कालीन कुमारी हलमा दर्शकले यसलाई थ्रीडी चश्मा लगाएर हेरेका थिए । यसपछि विश्व फिल्ममा थ्रीडी फिल्मको बाढी नै आयो । ‘अवतार’ रिलिजपछि नेपाली फिल्म हल प्राविधिक रुपमा स्तरोन्नति भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस