२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बेसरम रंग’ विवादपछि ‘पठान’ को दोस्रो गीतले बनायो रेकर्ड (भिडिओ)

२०७९, ८ पुष शुक्रबार ०७:०३

पुस ८, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म 'पठान' को दोस्रो गीत 'झूमे जो पठान' ले नयाँ रेकर्ड राखेको छ।

‘पठान’ को दोस्रो गीतले सार्वजनिक भएको २४ घण्टा नबित्दै १९ मिलियन भ्युज पाएको छ। ‘बेसरम रंग’ गीत विवादपछि फिल्मको नयाँ गीतले छाेटो समयमा धेरै भ्युज पाउने रेकर्ड राखेकाे हाे।


अरिजीत सिंह, विशाल ददलानी, शेखर रविजियानी र सुकृति कक्करको स्वर रहेको गीतमा कुमारको शब्द छ भने विशाल र शेखरले संगीत भरेका छन्। 

बोस्को क्याइसरले कोरियोग्राफी गरेको गीतमा अभिनेता शाहरूख र दीपिका फिचर्ड छन्।

‘पठान’ को पहिलो गीत ‘बेसरम रंग’ १२ डिसेम्बरमा सार्वजनिक गरिएको थियो। गीत सार्वजनिक गरेसँगै विवादमा फसेको थियाे। 

उक्त गीतमा अभिनेत्री दीपिका पादुकोणको पहिरन र पहिरनको रंगले हिन्दु धर्मको अपमान गरेको भन्दै आपत्ति जनाइएको हो।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख र दीपिकासँगै जोन अब्राहमको पनि मुख्य भूमिका छ। यो फिल्म २५ जनवरीदेखि प्रदर्शन हुँदैछ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति