२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घाइते भए अभिनेता कार्तिक आर्यन

२०७९, २६ पुष मंगलवार ०८:३६

पुस २६, काठमाडौँ | बलिउड अभिनेता कार्तिक आर्यन घाइते भएका छन्। आगामी फिल्म 'शहजादा' को छायांकनको क्रममा उनको घुँडामा चोट लागेको हो। कार्तिकले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। 'घुँडामा चोट लाग्यो। आइस बकेट च्यालेन्ज २०२३ सुरू भयो,' उनले लेखेका छन्। 

उक्त तस्बिरमा उनी आइस बकेटमा खुट्टा राखिरहेको देख्न सकिन्छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनको घुँडामा सामान्य चोट लागेको छ। फ्यानले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्। 


कार्तिक फिल्म ‘शहजादा’ बाट निर्माता बन्दैछन्। पर्याप्त बजेट नभएपछि फिल्मको छायांकन रोकिन लागेको थियो। त्यसैले कार्तिक पनि निर्माण टिममा सामेल भएका हुन्। 

यो फिल्म अल्लु अर्जुन र पूजा हेगडे अभिनीत फिल्म ‘अला बैकुण्ठपुरमलो’ को हिन्दी रिमेक हो। फिल्ममा दुई बच्चा जन्मँदै साटिएको र धनी परिवारको बच्चा गरिब परिवारमा साटिँदा आउने उतारचढावलाई देखाइएको छ। 

रोहित धवन निर्देशित फिल्म ‘शहजादा’ मा कार्तिकसँगै कृति सेनन र मनिषा कोइरालाको पनि मुख्य भूमिका रहेको छ। यो फिल्म १० फेब्रुअरीमा रिलिज हुनेछ। योसँगै कार्तिक ‘क्याप्टेन इन्डिया’ र ‘सत्यप्रेमकी कथा’ मा पनि देखिनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति