२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राखी सावन्तले गरिन् आदिलसँग विवाह

२८ पुष २०७९, बिहीबार १०:०४

पुस २८, काठमाडौँ | भारतीय अभिनेत्री राखी सावन्तले विवाह गरेकी छन्। उनले आफ्नो प्रेमी आदिल दुर्रानीसँग कागजी विवाह गरेकी हुन्।

राखी र आदिलको विवाहका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। राखीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहका केही तस्बिर र भिडिओ समेत सार्वजनिक गरेकी छन्। तर उनीहरूले कहिले विवाह गरेका थिए भनेर खुलाएका छैनन्। सार्वजनिक तस्बिरमा राखीले सेतो र गुलाबी रंगको शरारा लगाएकी छन्। आदिल शर्ट र पाइन्टमा देखिएका छन्। 


उनीहरू पछिल्लो समय एकसाथ देखिँदै आएका थिए। राखीले भारतीय सञ्चारमाध्यममा आदिललाई आफ्नो प्रेमीको रूपमा परिचित गराएकी थिइन्। उनीहरूले आफू प्रेम सम्बन्धमा रहेको कुरा बताए पनि विवाहबारे खुलेर कुरा गरेका थिएनन्। भारतीय सञ्चारमाध्यम टेलिटक इन्डियाका अनुसार आदिलले विवाहको खबर झुटो रहेको बताएका छन्। सोही सञ्चारमाध्यमसँग कुराकानी गर्दै राखीले विवाह भएको जानकारी दिएकी छन्।

राखीले यसअघि रितेश पाण्डेसँग विवाह गरेकी थिइन्। राखी र रितेश ‘बिग बोस १५’ मा एकसाथ देखिएका थिए। शोबाट बाहिर आएको केही समयपछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु