२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायिका मेलिना राईले भनिन्, ‘पोखरा महोत्सवमा प्रस्तुति दिन मेरो अन्तर आत्माले दिएन’

२०७९, ३ माघ मंगलवार ०७:५६

माघ ३, पोखरा | गायिका मेलिना राईले पोखरा महोत्सवमा आफ्नो उपस्थिति नहुने जानकारी दिएकी छिन् ।

मेलिनाले आज अर्थात् माघ ३ मा हुन लागेको पोखरा महोत्सवमा आफू सरिक नहुने बताउँदै सबैसँग माफी मागेकी छिन् । उनले सो कुरा आफ्नो फेसबुक पेजमा लेखेकी छिन् । 


उक्त कार्यक्रम आफूले रद्द गर्नुको कारणसमेत उनले खुलाएकी छिन् । उनले लेखेकी छिन्, ‘पोखरामा त्यत्रो दुर्घटना भए लगत्तै कार्यक्रममा आफ्नो प्रस्तुति दिन मैले सकिनँ । मेरो मर्यादा र अन्तर आत्माले मलाई त्यसो गर्न दिएन त्यसैले कार्यक्रममा उपस्थिति जनाउन सकिनँ । ’

कार्यक्रम आफैँले रद्द गरेकोले उनले सबैलाई माफी दिन पनि आग्रह गरेकी छिन् । उनले आफ्नो निर्णयका लागि आयोजकसँग पनि माफी मागेकी छिन् । पोखरालाई पछि भेट्ने वचन दिँदै उनले सबैलाई सुरक्षित र स्वस्थ रहनसमेत आग्रह गरेकी छिन् ।

आइतबार पोखरामा यती एयरलाइन्सको ७२ सिटे विमान दुर्घटनाग्रस्त भएको छ । हालसम्म ७० जनाको शव भेटिएको छ भने दुई जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति