२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेत्री मिनिषा लाम्बाले साजिदमाथि आरोप लगाउँदै भनिन्, ‘ऊ जनावर हो, कुरा नगरेकै राम्रो’

२०७९, ५ माघ बिहीबार १०:०३

माघ ५, काठमाडौँ | एजेन्सी | मि टू अभियान अन्तर्गत बलिउड फिल्म निर्देशक साजिद खानमाथि इन्डष्ट्रिसँग सम्बन्धित थुप्रै महिलाले गम्भीर आरोप लगाएका छन् । जब साजिद बिग बोस १६ मा प्रतियोगीका रूपमा पुगे, धेरै महिलाहरू अगाडि आएर शोमा उनको उपस्थितिको विरोध गरे । यसैबिच अब बचना ए हसिनोकी अभिनेत्री मिनिषा लाम्बाले साजिद खानलाई जनावर भनेकी छिन् । वास्तवमा मिनिषा एक अन्तरवार्तामा पुगेकी थिइन् जहाँ उनले मीटू अभियानबारे कुराकानी गरेकी छिन् । यति बेला मिनिषाले भनिन्, ‘साजिद खान एक जनावर हुन्, उनीबारे जति कम कुरा गरे त्यति राम्रो ।’


मिनिषाले मि टू अभियानको तारिफ गरिन्

मि टू अभियानको तारिफ गर्दै मिनिषाले भनिन्, ‘महिलाका लागि सुरु भएको मि टू अभियान असाध्यै धेरै आवश्यक थियो । यसका कारण अब निर्माताहरूको कुरा गर्ने तरिका फेरिएको छ । यो एउटा क्रान्तिजस्तै थियो । आन्दोलन सुरु हुँदा ठुला कलाकारको नाम सार्वजनिक भए । यसले देश विदेशमा चर्चा बटुल्यो ।

साजिद आफैँले सोबाट बाहिरिने निर्णय गरे

साजिद खानले बिग बोस १६ बाट आफैँ बाहिरिने निर्णय गरे । सो बाट बाहिरिने क्रममा साजिदले रुँदै भने, ‘यदि मेरो कसैसँग झगडा भएको छ भने हात जोडेर माफी माग्छु । तपाईँहरूले धेरै सहयोग गर्नुभएको छ ।’

साजिद सो बाट निस्केको लामो समय पछि चलचित्रमा फर्कँदै छन् । उनी निर्देशकको रूपमा फिल्म १००% मार्फत् कमब्याक गर्नेछन् । यसमा रितेश देशमुख, नोरा फतेही, जोन अब्राहम र शहनाज गिलको मुख्य भूमिका रहनेछ ।

मिनिषाले करियर बारे कुरा गरिन्

अन्तर्वार्तामा मिनिषाले आफ्नो करियरको बारेमा कुरा गरेकी छिन् । उनले आफू सधैँ पत्रकार बन्न चाहेको बताइन् । तर फिल्ममा काम पाउन थालेपछि उनले करियर फेरिन् । मिनिषा भन्छिन्, ‘मसँग त्यति बेला कुनै गाइडेन्स थिएन । त्यसैले मैले सबै कुरा आफैँले गरेँ । अब म सोच्छु कि एक पटक पुनः सबै कुरा सुरु हुनुपर्दथ्यो । त्यसो भयो भने म करियरलाई थप उत्कृष्ट बनाउँथे । ’

स्मरण रहोस्, मिनिषा निकै लामो समयदेखि फिल्मबाट टाढा छिन् । यद्यपि, उनी सोसल मिडियामा निकै सक्रिय रहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति