२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

शाहरुख को हुन् भनेर प्रश्न सोध्ने आसामका मुख्यमन्त्रीलाई खानले बिहानै २ बजे फोन गरेर के भने ?

२०७९, ८ माघ आईतवार ०८:३४

माघ ८, काठमाडौँ | आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बलिउड अभिनेता शाहरुख खानले फिल्म ‘पठान’को रिलिजको सन्दर्भमा आफूलाई फोन गरेको बताएका छन् ।

उनले ट्वीटरमा बलिउडका किङ खान भनिने शाहरुखले आफूलाई राती दुई बजे फोन गरेको जानकारी दिए ।

हिमन्त विश्व शर्माले ट्वीटरमा लेखेका छन्, ‘बलिउड अभिनेता श्री शाहरुख खानले मलाई फोन गरे र आज बिहान २ बजे हामीबीच कुराकानी भयो । उनले गुवाहाटीमा फिल्मको स्क्रिनिङका क्रममा भएको घटनाप्रति चिन्ता व्यक्त गरे । मैले उनलाई आश्वासन दिएको छु । शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी राज्य सरकारको हो, हामी त्यसलाई हेरेर यस्तो अप्रिय घटना नदोहोरियोस् भनेर सुनिश्चित गर्नेछौँ ।’


शनिबार गुवाहाटीमा पत्रकारहरूले बजरंग दलका कार्यकर्ताहरूले फिल्मको बिरूद्ध हिंसात्मक प्रदर्शन गरेको बारे मुख्यमन्त्री हिमन्त विश्व शर्मालाई सोध्दा उनले भने, ‘शाहरुख खान को हुन् ? मलाई उनको बारे न नै उनको फिल्म पठान बारे केही थाहा छ ।’



शुक्रबार गुवाहाटीमा बजरंग दलका कार्यकर्ताले फिल्म ‘पठान’को विरोधमा चलचित्र प्रदर्शन हुन लागेको नारंगी थिएटरमा तोडफोड गरेका थिए । कार्यकर्ताले फिल्मको पोस्टर च्यातेर जलाएका थिए ।

मुख्यमन्त्री हिमन्त विश्व शर्माले भनेका थिए, ‘खानले मलाई फोन गरेका छैनन् । यद्यपि, बलिउडका धेरै मानिसले समस्याको सम्बन्धमा यस्तो गर्छन् । यदि उनी (शाहरुख खान)ले फोन गर्छन् भने म यो घटनालाई हेर्नेछु । यदि कानुन र व्यवस्थाको उल्लंघन गरिएको छ भने मुद्दा दर्ता गरेर कारवाही गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति