२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैशाख १ : एउटै मितिका लागि पाँच नेपाली चलचित्र, दयाहाङका दुई फिल्म एकआपसमा भिड्दै

२०७९, १२ माघ बिहीबार ०७:१५

माघ १२, काठमाडौँ | दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’ले वैशाख १ गतेका लागि प्रदर्शन मिति घोषणा गरेको छ । 

बिहीवार मात्रै यस चलचित्रको निर्माण टिमले प्रदर्शन मितिका रुपमा वैशाख १ गते रोजेसँगै उक्त मितिका लागि प्रदर्शन घोषणा गरेका चलचित्रको संख्या पाँच पुगेको छ ।  

यसअघि ‘भगवत गीता’, ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ र ‘जारी’ले वैशाख १ गतेका लागि प्रदर्शन मिति घोषणा गरिसकेका छन् । झरना थापाको निर्देशन रहने ‘भगवत् गीता’को छायांकन सुरु भइनसकेकाले उक्त मितिमा रिलिजको सम्भावना न्यून देखिन्छ । 


सुहाना थापा, धिरज मगर, विपिन कार्की लगायतको अभिनय रहने चलचित्रले निर्माणसँगै प्रदर्शन मिति घोषणा गरेको थियो । 

रामबाबु गुरुङको निर्माण एवं उपेन्द्र सुब्बाको लेखन एवं निर्देशन रहेको ‘जारी’मा दयाहाङ राई र मिरुना मगर शीर्ष भूमिकामा छन् । 

यस्तै, ब्रान्ड बनिसकेको नाम ‘नाइँ नभन्नु ल’को छैठौं सिरिजमा आशीर्वाद बराल र आँचल शर्मा मुख्य भूमिकामा छन् । विकासराज आचार्य चलचित्रका निर्देशक हुन् । 

त्यसैगरी सुदर्शन थापाको निर्देशनमा तयार ‘प्रसाद २’मा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । 

रोहित कट्टेल प्रस्तुतकर्ता एवं प्रवेश पौडेलको निर्देशन रहेको ‘बिहे पास’मा दयाहाङ र प्रकृतिसँगै शिशिर वाङदेल, बुद्धि तामाङ र रबिन्द्र झा लगायतको समेत अभिनय छ ।

रोचक कुरा त के देखियो भने वैशाख १ गते दयाहाङ राईका ‘जारी’ र ‘बिहे पास’ गरी दुई वटा चलचित्र एकैदिन प्रदर्शन हुने भएका छन् ।

चलचित्र क्षेत्र र दर्शकले आशा गरेका चलचित्रहरू एउटै मितिमा आउँदाको असर सबै चलचित्रलाई पर्ने देखिन्छ । एकसाथ प्रदर्शनमा आउँदा चलचित्रले पाउने शो घट्छ । त्यसले चलचित्रको इनिसियल व्यापारमा ठूलो असर गर्छ ।

बिहे गर्नको लागि सरकारी जागिर गर्नुपर्र्छ भन्ने ग्रामीण नेपाली समाजको मान्यताको कथावस्तुमा फिल्म निर्माण भएको हो । ‘होस्टेल’ डेब्यु गर्ल श्रेष्ठको यो तेस्रो फिल्म हो । उनको पछिल्लो फिल्म ‘उत्सव’ थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति