२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

कलाकार पदमप्रसाद पौडेलको निधन

२०७९, २४ माघ मंगलवार ११:२३

माघ २४, काठमाडौं | कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार बुढानीलकण्ठ चपलीस्थित घरमा अपरान्ह साढे तीन बजे पौडेलको निधन भएको हो ।

पौडेल लामो समयदेखि दमको रोगबाट पीडित थिए । बेलुका ६ बजे पशुपति आर्यघाटमा पौडेलको पार्थिव शरीरमा कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिने र दाहसंस्कार गर्ने जनाइएको छ । अन्तिम संस्कारमा सबै कलाकारलाई उपस्थित हुन भनिएको अध्यक्ष खड्काले जानकारी दिए ।

पौडेल अभिनित पछिल्लो फिल्म ‘ऐना झ्यालको पुतली’ थियो, जुन यस वर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो । फिल्मका निर्माताले पौडेलको निधनबाट आफूहरु स्तब्ध भएको जनाएका छन् । हालै रिलिज भएको फिल्म ‘नालापानी’मा उनले राजगुरुको भूमिकामा अभिनय गरेका थिए ।

रिसानी माफ, उपद्रो, आधा बाटोसहित ६८ वटा फिल्ममा अभिनय गरेका पौडेल चलचित्र कलाकार संघका आजीवन सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति