२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

एउटै मितिमा पाँच चलचित्र प्रदर्शन

३ फाल्गुन २०७९, बुधबार ०६:०८

फागुन ३, काठमाडौँ | चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त समय मानिन्छ । यस अवसरमा प्रदर्शन भएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । 

आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ले प्रदर्शनको मिति घोषणा गरेका हुन् ।

यीमध्ये दुई चलचित्र जारी र बिहे पासमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा हुनुहुन्छ । दुवै चलचित्र विवाहमा केन्द्रित छन् । एकै दिन आफ्ना दुई चलचित्र प्रदर्शनमा आउँदा अभिनेता राई भने खुसी हुनुहुन्न । उहाँले भन्नुभयो, “मैले पनि निर्माताले रिलिज मिति घोषणा गरेपछि मात्रै थाहा पाएको हुँ, किन एउटै मिति रोज्नुभयो थाहा छैन । एकै दिन पाँच–छमध्ये आफ्नै दुई चलचित्र हुँदा अस्वभाविक लागिरहेको छ, यसबारे छलफल हुन्छ ।”

चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बजारले धान्नै नसक्ने गरी एउटै मितिमा धेरै चलचित्र प्रदर्शनमा आउनु राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस विषयमा छलफल गरेर केही प्रयास भने गर्ने छौँ ।” यसको समाधानका लागि निर्मातालाई समझदारी र सहमतिमा अगाडि बढ्न अनुरोध गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

वितरक सुनिल मानन्धरले नयाँ वर्ष नेपाली चलचित्रका लागि शुभ भए पनि भीडभाडले समस्या निम्त्याउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दर्शकको आकर्षणमा परे अन्य समयमा पनि ऐतिहासिक व्यापार गर्ने चलचित्र छन् । उदाहरणका रूपमा कबड्डी–३ र ४ लाई लिन सकिन्छ ।” 

एउटै मितिका लागि प्रदर्शन घोषणा भए पनि प्रदर्शन मितिसम्म पुग्दा केहीले भने मिति सार्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु