फागुन ५, काठमाडौँ | अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिंदैछन् ।
फागुन २५ गते चितवनमा हुने वैवाहिक समारोहमा यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी छ ।
‘अन्तराल’ डेब्यु अभिनेता मानवले फिल्म अन्तरालपछि नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरेका छन् । उनी अहिले सर्ट फिल्मको निर्देशन गर्दैछन् । ओस्कार फिल्म कलेजबाट फिल्मको अध्ययन गरेका सुवेदीको पुर्ख्यौली घर झापा हो । झण्डै ६ वर्षदेखि सुरक्षा र मानव प्रेम सम्बन्धमा थिए ।