२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘छक्का पञ्जा ४’को ट्रेलरमा दीपकले गरेको राजनीतिक जालझेल(भिडियो)

५ फाल्गुन २०७९, शुक्रबार १२:२१

फागुन ५, काठमाडौँ | यस वर्षको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले राजनीतिक विषयवस्तु उठान गरेको छ।

ट्रेलरमा सत्तामा जान गरेको जालझेलबारे देखाइएको छ। जहाँ फिल्मका मुख्य कलाकार दीपकराज गिरीलाई नेताको भूमिकामा देख्न सकिन्छ। दीपकले नेता बन्न गरेको लप्पन छप्पन र सत्तामा पुगेपछि आफैँ ठूलो देख्ने प्रवृतिलाई ट्रेलरले समेटेको छ।

पत्रकारको भूमिकामा रहेकी अभिनेत्री बेनिशा हमाललाई दीपकको प्रेमिकाको रुपमा देखाइएको छ।

यस फिल्ममा दीपक र बेनिशाका साथै दीपाश्री निरौला, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा), नीर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय छ।

आमा सरस्वती मुभिजको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता दीपक-दीपा हुन्। फिल्मका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन्।

हेमराज बीसी निर्देशित यो फिल्म फागुन १९ गतेबाट प्रदर्शन हुनेछ। सोही दिन अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ पनि रिलिज हुँदैछ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…