२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अमिताभ बच्चन र टाइगर श्राफलाई कंगनाले बलिउड माफिया भनेपछि…

१२ फाल्गुन २०७९, शुक्रबार १०:०८

फागुन १२, काठमाडौँ | बलिउडकी ‘पंगा गर्ल’ अर्थात अभिनेत्री कंगना रनौत समय– समयमा आफ्नो बोलीका कारण विवादमा परिरहन्छन् ।

बी–टाउनकी उनी एउटी त्यस्ती कलाकार हुन्, जसले आफ्नो वयानले भूकम्प ल्याउन सक्ने ताकत राख्छिन् । करण जौहर, जावेद अख्तरजस्ता दिग्गज सेलिब्रेटीहरुसंग पंगा लिइसकेकी कंगनाको निशाना अब बलिउडमा महानायकको दर्जा पाएका अमिताभ बच्चन पनि परेका छन् ।

यतिबेला कंगना रनौत अमिताभ बच्चनसंग आक्रोशित भएकी छिन् । यसक्रममा उनले अमिताभ बच्चनलाई बलिउडको माफिया समेत भन्न भ्याइन् । कंगनाका अनुसार अमिताभ बच्चन बलिउड माफिया ग्याङ्का सदस्य हुन् ।

यसपटक कंगनाले अमिताभसंग रिस देखाउने कारण भने व्यक्तिगत नभएर व्यवसायिक छ ।

आफ्नो नयाँ फिल्मको प्रदर्शन मितिकै दिन अमिताभको फिल्म पनि प्रदर्शन हुने भएपछि कंगनाले आफूलाई नियन्त्रण गर्न नसकेकी हुन् ।

आफ्नो फिल्म ‘इमर्जेन्सी’ को रिलिज डेटकै दिन अमिताभ बच्चन र टाइगर श्राफको फिल्म ‘गणपत’ रिलिज गर्ने कुराले उनी अमिताभसंग रिसाएकी हुन् ।

यहि कुराको बारेमा कंगनाले ट्वीट गर्दै लेखेकी छिन्– ‘इमर्जेन्सी फिल्मका प्रदर्शनका लागि मिति खोजिरहेको बेला यो वर्षको मूभी क्यालेण्डर सबै खाली देखेँ । हिन्दी फिल्म इन्डस्ट्रीमा देखिएको समस्याका कारण पोस्ट प्रोडक्सन टाइमलाइनको हिसाबले मैले अक्टोबर २० लाई रिलिज डेटको रुपमा छानेकी थिएँ । त्यसको एक हप्ता अगाडि मात्र टीसीरीजका सञ्चालक भूषण कुमारले उनको फिल्म रिलीज हुने घोषणा गरिदिए । अक्टोबर महिना पुरा खाली छ । त्यस्तै सेप्टेम्बर र नोभेम्बर पनि खाली छ, तर आज अमिताभ बच्चन र टाइगर श्राफले अक्टोबर २० मै आफ्नो ठूलो प्रोजेक्ट घोषणा गरे । बलिउड माफिया ग्याङमा प्यानिक मिटिङ भइरहेको जस्तो छ । जब वर्ष भरी नै खाली छ भने क्लेशको आवश्यकता किन पर्यो ? इन्डस्ट्रीको यति धेरै नराम्रो स्थिति छ, तर पनि यस्तो दुर्बुद्धि, के खान्छौ तिमिहरु सबै ? यस्तो सेल्फ डेस्ट्रक्टिभ कसरी छौ ?’

कंगनाले आफ्नो फिल्म ‘इमर्जेन्सी’ कुनै अर्को डेटमा सार्ने पनि घोषणा गरिन् । उनको ट्विटबाट उनी कति आक्रोशित छिन् भन्ने कुरा बुझ्न सकिन्छ ।

फिल्म ‘इमर्जेन्सी’ कंगना इन्दिरा गान्धीको भूमिकामा देखिँदैछिन् । कंगनाको यो फिल्म हेर्नका लागि प्रशंसकहरु उत्साहित छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…