२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

नायिका शिल्पा र छवि ओझाको सम्बन्धविच्छेद मुद्दा टुंगियो, शिल्पाले जितिन् मुद्दा

१५ फाल्गुन २०७९, सोमबार ०६:५३

फागुन १५, काठमाडौँ | नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाबीचको सम्बन्धविच्छेद मुद्दा टुंगिएको छ । नायिका पाखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद मुद्दा दर्ता गरेकी थिइन्।

जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो आधा सम्पत्ति दिनुपर्ने गरी फैसला सुनाएको छ भने उनीहरूको डिभोर्स पनि टुंग्याइदिएको छ। अदालतको फैसलापछि शिल्पाले न्याय पाएको भन्दै खुसी व्यक्त गरेकीछिन् भने निर्माता छवि चुपचाप छन्।

छविले चौथो श्रीमतीका रूपमा शिल्पासँग बिहे गरेका थिए । दैनिकजसो घर झगडा, कुटपिट र शंका गर्ने गरेको भन्दै छविविरुद्ध शिल्पाले सार्वजनिक रूपमै गालीगलौज समेत गरेकी थिइन्। यही कारण विवाद बढ्दै गएपछि उनीहरूको वैवाहिक जीवन लामो समय टिक्न सकेन र अदालतसम्म पुगेर सम्बन्धविच्छेद भयो।

शिल्पाले छविसँग सम्बन्धविच्छेद र माना चामलको मुद्दा हालेकी थिइन्। शिल्पाको मुद्दामा आइतबार अबेर फैसला सुनाउँदै अदालतले छविको सम्पत्ति आधा पाउने र शिल्पासँग सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋण पनि आधा शिल्पाले व्यहोर्नुपर्ने भनेको छ।

अदालतको फैसलाअनुसार पनि शिल्पाले झन्डै १० करोड ऋण व्यहोरेर मात्रै आधा सम्पत्ति पाउने देखिन्छ। छविको जायजेथा र ऋणको सबै लेखाजोखा भइसकेको छ छविले आफ्नो ऋण २० करोडभन्दा माथि देखाएको बुझिन्छ छविको आधा सम्पत्तिबाट ऋणको आधा रकम कटाएर शिल्पाले पाउने छिन् ।

यसैगरी, छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि अदालतले खारेज गरिदिएको छ छविकै उक्साहटमा जेठी श्रीमतीले बहुविवाहको मुद्दा हाल्न लगाएको शिल्पाको आरोप छ तर, जेठी श्रीमतीसँग पहिल्यै सम्बन्धविच्छेद भएको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…