२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अनमोल केसीको अहिलेसम्मकै कमजोर फिल्म बन्यो ‘२.० छड्के’

२०७९, २१ फाल्गुन आईतवार १२:१६

फागुन २१, काठमाडौँ | गत शुक्रबारदेखि हलमा दुई नेपाली फिल्म 'छक्का पञ्जा ४' र '२.० छड्के' प्रदर्शनमा आएको छ। 

यी दुई फिल्मलाई महाभिडन्तको रूपमा हेरिएको थियो। दीपक र दीपाको फिल्म ‘छक्का पन्जा’ सिरिज बक्स अफिसमा धेरै कमाइ गर्ने फिल्म हो। यसैवर्ष ‘छक्का पन्जा ३’ को रेकर्ड तोड्दै ‘कबड्डी ४’ धेरै कमाइ गर्ने नेपाली फिल्म बनेको छ। 

अनमोल केसी युवापुस्तामाझ रूचाइएका अभिनेता हुन्। उनका अधिकांश फिल्म बक्स अफिसमा हिट भएका छन्।अनमोलकै कारण यो फिल्म चल्ने फिल्मकर्मीको आशा थियो। तर ‘छक्का पन्जा ४’ ले दर्शकको साथ पाउँदा अनमोल केसी अभिनित फिल्म ‘२.० छड्के’ ले निराशाजनक कमाइ गरेको छ। 


‘लभर ब्वाइ’ भूमिकामा देखिँदै आएका अनमोललाई ग्याङस्टार अवतारमा हेर्न दर्शक उत्सुक थिए। फिल्म नै कमजोर बनेपछि दर्शक हलसम्म नआएको वितरक सुनिल मानन्धर बताउँछन्। 

‘छड्के २ को कमाइ निकै कमजोर छ। यो अनमोलको अहिलेसम्म कै नचलेको फिल्म हो। वितरकको हिसाबले मैले पहिला फिल्म हेर्दिनँ। हामीले छायांकन सुरू भएदेखि पैसा दिन्छौं। तर फिल्म नै पूरा भएको छैन रहेछ। फिल्म खिच्ने भनेको ठाउँमा खिचेको पनि छैन। निर्माण टिमले बच्चा खेलेको जस्तो फिल्म बनाएका छन्,’ उनले भने। 

शनिबारदेखि मल्टिप्लेक्स हलहरूले ‘२.० छड्के’ को शो घटाएका छन्। सोमबार देशको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘छक्का पञ्जा ४’ लाई ४० शो र ‘२.० छड्के’ लाई ९ शो दिएको छ।

यसअघि दक्षिण भारतीय फिल्म 'केजिएफ २' सँग आउँदा पनि अनमोलको फिल्म 'ए मेरो हजुर ४' राम्रो व्यापार गरेको थियो। फिल्मले दुई दिनमा डेढ करोड बढी कमाइ गरेको थियो।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म छड्केमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारीलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति