२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अनमोल केसीको अहिलेसम्मकै कमजोर फिल्म बन्यो ‘२.० छड्के’

२१ फाल्गुन २०७९, आईतवार १२:१६

फागुन २१, काठमाडौँ | गत शुक्रबारदेखि हलमा दुई नेपाली फिल्म 'छक्का पञ्जा ४' र '२.० छड्के' प्रदर्शनमा आएको छ। 

यी दुई फिल्मलाई महाभिडन्तको रूपमा हेरिएको थियो। दीपक र दीपाको फिल्म ‘छक्का पन्जा’ सिरिज बक्स अफिसमा धेरै कमाइ गर्ने फिल्म हो। यसैवर्ष ‘छक्का पन्जा ३’ को रेकर्ड तोड्दै ‘कबड्डी ४’ धेरै कमाइ गर्ने नेपाली फिल्म बनेको छ। 

अनमोल केसी युवापुस्तामाझ रूचाइएका अभिनेता हुन्। उनका अधिकांश फिल्म बक्स अफिसमा हिट भएका छन्।अनमोलकै कारण यो फिल्म चल्ने फिल्मकर्मीको आशा थियो। तर ‘छक्का पन्जा ४’ ले दर्शकको साथ पाउँदा अनमोल केसी अभिनित फिल्म ‘२.० छड्के’ ले निराशाजनक कमाइ गरेको छ। 


‘लभर ब्वाइ’ भूमिकामा देखिँदै आएका अनमोललाई ग्याङस्टार अवतारमा हेर्न दर्शक उत्सुक थिए। फिल्म नै कमजोर बनेपछि दर्शक हलसम्म नआएको वितरक सुनिल मानन्धर बताउँछन्। 

‘छड्के २ को कमाइ निकै कमजोर छ। यो अनमोलको अहिलेसम्म कै नचलेको फिल्म हो। वितरकको हिसाबले मैले पहिला फिल्म हेर्दिनँ। हामीले छायांकन सुरू भएदेखि पैसा दिन्छौं। तर फिल्म नै पूरा भएको छैन रहेछ। फिल्म खिच्ने भनेको ठाउँमा खिचेको पनि छैन। निर्माण टिमले बच्चा खेलेको जस्तो फिल्म बनाएका छन्,’ उनले भने। 

शनिबारदेखि मल्टिप्लेक्स हलहरूले ‘२.० छड्के’ को शो घटाएका छन्। सोमबार देशको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘छक्का पञ्जा ४’ लाई ४० शो र ‘२.० छड्के’ लाई ९ शो दिएको छ।

यसअघि दक्षिण भारतीय फिल्म 'केजिएफ २' सँग आउँदा पनि अनमोलको फिल्म 'ए मेरो हजुर ४' राम्रो व्यापार गरेको थियो। फिल्मले दुई दिनमा डेढ करोड बढी कमाइ गरेको थियो।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म छड्केमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारीलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…