२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अमिताभ बच्चन हैदराबादमा फिल्मको सुटिङको क्रममा घाइते

२०७९, २२ फाल्गुन सोमबार ०५:२३

फागुन २२, काठमाडौं | अमिताभ बच्चन हैदराबादमा सुटिङको क्रममा घाइते भएका छन् । उनले आफ्नो ब्लगमा यसबारे जानकारी दिएका हुन् । अमिताभ हाल मुम्बईमा आफ्नो घरमा आराम गरिरहेका छन् । अमिताभ बच्चन प्रभासको फिल्म ‘प्रोजेक्ट ए’ को सुटिङ गरिरहेका थिए । एक एक्सन सिनका बेला उनको करङमा चोट लागेको छ । हैदराबादमा चेकअपपछि अमिताभलाई मुम्बई पठाइएको छ ।

अमिताभ बच्चनले आफ्नो ब्लगमा लेखे, ‘रिब केजमा मांसपेशी फुटेको छ । सुटिङ रद्द गरिएको छ । पट्टी बाँधिएको छ र उपचार चलिरहेको छ । असाध्यै दुखिरहेको छ । हिँड्न–डुल्न समस्या भइरहेको छ । सास फेर्न पनि समस्या भइरहेको छ । यो पीडाका लागि मलाई केही औषधी दिइएको छ । निको हुन अझै केही समय लाग्नेछ ।’

अमिताभ बच्चनले लेखे, ‘म निको नभएसम्म मेरो सबै कामकाज बन्द गरिएको छ । म जालसामा आराम गरिरहेको छु । आवश्यक चिजका लागि थोरै हिँड्नेछु । हो, आराम त चलिरहन्छ । मलाई यो भन्न समस्या भइरहेको छ कि म जालसाको आफ्नो गेटमा आफ्ना प्रशंसकलाई भेट्न सक्छु वा सक्दिनँ । तपाईँहरूले जालसा आउने योजना बनाइरहेका मानिसहरूलाई पनि यसबारे जानकारी दिनुहोस् । यसबाहेक सबै कुरा ठिक छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति