२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

शरदको सम्पत्ति रोक्का माग गर्दै निशाले दिइन् निवेदन

२३ फाल्गुन २०७९, मंगलवार ०६:३३

फागुन २३, काठमाडौँ | क्रिकेटर शरद भेषावकरविरुद्ध अंश मुद्दा हालेकी निशा अधिकारीले उनको सम्पत्ति रोक्काको माग गरेकी छन् ।

निशाले आइतबार काठमाडौं जिल्ला अदालतमा शरदको सम्पत्ति रोक्काका लागि निवेदन दिएकी हुन् । निशाले हालेको अंश चलनको मुद्दामा काठमाडौं जिल्ला अदालतले शरदको नाममा रहेको सम्पत्तिको फाँटबारी झिकाउने आदेश गरेको थियो । अंश मुद्दासँगै निशाले सम्पत्ति रोक्काको निवेदन पनि दिएकी हुन् ।


एकल सन्तानका रुपमा रहेका नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा हालेकी थिइन् । केही वर्षको प्रेम सम्बन्धपछि शरद र निशा २०७४ सालमा विवाह बन्धनमा बाँधिएका थिए । निशाले अमेरिकामा गएर २०७५ सालमा छोरालाई जन्म दिएकी थिइन् । अहिले निशा र शरद दुवै नेपालमै बस्छन् । निशा कलाकारितामा र शरद क्रिकेटमा छन् । शरदले पछिल्लो समय राष्ट्रिय टीमबाट भने स्थान गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…