२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रेखाको फिल्ममा पुजा र आँचल

२०७९, २४ फाल्गुन बुधबार ०५:५४

फागुन २४, काठमाडौँ | अभिनेत्री रेखा थापा अब फेरी फिल्ममा सक्रिय हुने भएकी छिन् । गत सँसदीय निर्वाचनमा राप्रपाका तर्फबाट मोरङबाट उम्मेदवार बनेकी उनले बिजय हाँसिल गर्न सकिनन् । त्यसैले अब राजनीतिसँगै उनले फिल्ममा पनि समय दिने भएकी छिन् ।

उनले निर्माण गर्न लागेको फिल्ममा रेखा थापा, पूजा शर्मा र आँचल शर्मालाई पनि अनुबन्धित गरेकी छिन् । यो फिल्मको बैशाखबाट छायाँकन सुरु हुने फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् । फिल्ममा रेखासँगै आँचल र पुजा तीनबीच प्रतिस्पर्धा हुने बताईएको छ ।

आफुलाई चरित्रको लागि अभिनेत्री रेखा थापाले तयार हुन भनिसकेकाले अहिले रेखा थापाको नयाँ फिल्मको कामको तयारीमा रहेको अभिनेत्री पुजाले बताएकी छिन् । फिल्मको कथा निकै प्रभावशाली रहेको पनि पुजाको भनाई छ । यो महिला प्रधान सिनेमा रहेको पनि पुजाको भनाई छ ।

अभिनेत्री आँचलले पनि रेखा र पुजासँग पहिलो पटकसँगै काम गर्दैछिन् । यो फिल्ममा काम गर्न उनी पनि त्यत्तिकै उत्साहित छिन् । रेखा निर्मित फिल्ममा ती नायिकाहरु चयन भईसकेपनि नायकहरुको बारेमा भने बताईएको छैन । चाँडै नै आफुले निर्माण गर्ने यो नयाँ फिल्मका लागि सबै कलाकारको घोषणा गर्ने अभिनेत्री रेखाको  भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति