२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रेखाको फिल्ममा पुजा र आँचल

२४ फाल्गुन २०७९, बुधबार ०५:५४

फागुन २४, काठमाडौँ | अभिनेत्री रेखा थापा अब फेरी फिल्ममा सक्रिय हुने भएकी छिन् । गत सँसदीय निर्वाचनमा राप्रपाका तर्फबाट मोरङबाट उम्मेदवार बनेकी उनले बिजय हाँसिल गर्न सकिनन् । त्यसैले अब राजनीतिसँगै उनले फिल्ममा पनि समय दिने भएकी छिन् ।

उनले निर्माण गर्न लागेको फिल्ममा रेखा थापा, पूजा शर्मा र आँचल शर्मालाई पनि अनुबन्धित गरेकी छिन् । यो फिल्मको बैशाखबाट छायाँकन सुरु हुने फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् । फिल्ममा रेखासँगै आँचल र पुजा तीनबीच प्रतिस्पर्धा हुने बताईएको छ ।

आफुलाई चरित्रको लागि अभिनेत्री रेखा थापाले तयार हुन भनिसकेकाले अहिले रेखा थापाको नयाँ फिल्मको कामको तयारीमा रहेको अभिनेत्री पुजाले बताएकी छिन् । फिल्मको कथा निकै प्रभावशाली रहेको पनि पुजाको भनाई छ । यो महिला प्रधान सिनेमा रहेको पनि पुजाको भनाई छ ।

अभिनेत्री आँचलले पनि रेखा र पुजासँग पहिलो पटकसँगै काम गर्दैछिन् । यो फिल्ममा काम गर्न उनी पनि त्यत्तिकै उत्साहित छिन् । रेखा निर्मित फिल्ममा ती नायिकाहरु चयन भईसकेपनि नायकहरुको बारेमा भने बताईएको छैन । चाँडै नै आफुले निर्माण गर्ने यो नयाँ फिल्मका लागि सबै कलाकारको घोषणा गर्ने अभिनेत्री रेखाको  भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…