२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

६ दिनमै हलबाट उत्रियो ‘छड्के २’, पाँच दिनको कमाइ ३० लाखभन्दा कम

२४ फाल्गुन २०७९, बुधबार ०६:४७

फागुन २४, काठमाडौँ | अनमोल केसीको शीर्ष भूमिका रहेको ग्याङस्टर फिल्म‘छड्के २’ प्रदर्शनको ६ दिनमै क्यूएफएक्ससहितका मल्टिप्लेक्सबाट हटेको छ । वितरक सुनिल मानन्धरले दर्शक नै नआएपछि हलबाट फिल्म हटाइएको जानकारी आफूले पाएको बताए ।

वान सिनेमाज्, बिग मुभिज, आईएनआई लगायत मल्टिप्लेक्सले एक-एक शो उपलब्ध गराएपनि औंलामा गन्न सकिने संख्यामा मात्र दर्शकको उपस्थिति देखियो । ‘अनमोलको करिअरमै एक साता नहुँदै फिल्म हलबाट उत्रिएको यो पहिलो हो,’ मानन्धरले भने, ‘यसले ठूलो व्यावसायिक धक्का लागेको छ । हामीले यस्तो आशा राखेका थिएनौं ।’

वितरक मानन्धरका अनुसार फिल्मको पाँचदिने कमाइ ३० लाखभन्दा कम छ । तीन करोड रुपैयाँ बजेटमा निर्माण भएको फिल्ममा आफूले डेढ करोड लगानी गरेको र त्यो डुबेको उनले बताए । ‘मैले अनमोल केसी हेरेरै त्यो लगानी गरेको थिएँ । कथा र निर्देशक नहेरिकनै पैसा खन्याएको हुँ,’ उनले भने ।

नायक र स्टारडम हेरेर पैसा लगानी गर्नेहरुलाई ‘छड्के २’को असफलताले सतर्क बनाएको उनले बताए । ‘अब कथावस्तु हेरेरै लगानी गर्ने ट्रेन्ड आउनेछ र मैले पनि त्यस्तै गर्छु । मैले अहिलेसम्म २०० भन्दा बढी फिल्म वितरण गरें तर एक करोडभन्दा बढी डुबेको यो पहिलोपटक हो,’ मानन्धरले भने ।

निगम श्रेष्ठ निर्देशित फिल्मले निकै कमजोर समीक्षा प्राप्त गरेको छ । ओपनिङमै फिल्मको अकुपेन्सी पाँच प्रतिशत हाराहारीमा मात्रै थियो । फिल्मलाई प्रशान्त गिरी र देवकुमार श्रेष्ठले निर्माण गरेका हुन् भने अनमोलले यो फिल्मबाट ५० लाख रुपैयाँ पारिश्रमिक लिएको जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…