२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रणवीरले भने- मेरो छोरी आलिया जस्तो नहोस्

२४ फाल्गुन २०७९, बुधबार ०८:३६

फागुन २४, काठमाडौँ | बलिउड अभिनेता रणवीर कपूर फिल्म 'तू झुठी मे मक्कार' लाई लिएर चर्चामा छन्।

भारतमा बुधबारदेखि प्रदर्शनमा आएको फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। दर्शकले फिल्ममा रणवीर र श्रद्धा कपूरको जोडीलाई रूचाइरहेका छन्। 


यसै फिल्मको प्रमोशनका क्रममा अभिनेता रणवीरले आफ्नो व्यक्तिगत जीवनबारे कुराकानी गरेका थिए। उनले पहिलो पटक अभिभावक हुँदाको अनुभव सेयर गरेका थिए। 

'राहाको मुस्कान देखेपछि उनलाई छोडेर काममा जान मन लाग्दैन,' उनले भने। 

साथै उनले आफ्नो छोरी आलिया जस्तो नहोस् भन्ने चाहना व्यक्त गरे। 

'राहा आलिया जस्तै देखियोस् तर उनको स्वभाव मेरो जस्तै होस् भन्ने चाहन्छु। आलिया निकै तेज र धेरै कुरा गर्छिन्। यदि राहा आलिया जस्तै भइन् भने घरमा दुई जना उस्तै हुन्छन्। उनीहरूलाई सम्हाल्न मेरो लागि धेरै गाह्रो हुन्छ। त्यसैले राहा मेरो जस्तै शान्त स्वभावको होस् भन्ने चाहन्छु। ताकि हामी दुई जना आलियाको ख्याल राख्न सकूँ,' उनले भने।

आलियाले गत ६ नोभेम्बरमा छोरीलाई जन्म दिएकी थिइन्। 

केही वर्ष प्रेममा रहेका आलिया र रणवीरले १४ अप्रिल २०२२ मा विवाह गरेका थिए। 

आलिया र रणवीर पछिल्लो समय फिल्म 'बह्मास्त्र' मा एकसाथ देखिएका थिए। यो फिल्मले बक्स अफिसमा औसत व्यापार गरेको थियो।

आलियाले आफ्नो पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’ को छायांकन सकाएकी छन्। उनी करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ र कट्रीना कैफ र प्रियंका चोपडासँग ‘जिले जरा’ मा देखिनेछिन्।

रणवीर रश्मिका मन्दानासँग फिल्म ‘एनिमल’ मा देखिनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…