२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अनमोलले आत्मसमीक्षा गर्दै लेखे– यसपटक म चुकेँ

२६ फाल्गुन २०७९, शुक्रबार ०८:२७

फागुन २६, काठमाडौँ | फिल्म ‘२.० छड्के’ले बक्स अफिसमा निकै कमजोर व्यापार गरेपछि छैठौं दिन क्युएफएक्सबाट उत्रिएको थियो।

फिल्म फ्लप भएपछि पहिलो पटक आफ्नो करिअरमा असफलता व्यहोर्न पुगेका थिए अभिनेता अनमोल केसीले। उनले आफ्नो असफलतालाई स्वीकार गरेका छन्। शुक्रबार एक फेसबुक स्टाटसमार्फत् उनले आफू झनै परिपक्व हुनुपर्ने ठाउँमा चुक्न पुगेको भन्दै दर्शकसँग माफी मागेका छन्। 

‘दर्शकहरूको साथको कारण म यहाँ आइपुगेँ। उहाँहरूलाई नै निराश बनाउँदा म झनै दुःखी भएको छु। २.० छड्के मेरो नवौं सिनेमा थियो। नवौं सिनेमामा आइपुग्दा म झनै परिपक्व हुनुपर्थ्यो। यहाँनिर म चुक्न पुगेँ,’ उनले आत्मसमीक्षा गर्दै लेखेका छन्। 

अनमोलले यो समय पनि बितेर जानेछ भन्दै दर्शकहरूलाई आश्वस्त तुल्याउन खोजेका छन्। उनले अब बन्ने दशौं सिनेमाबाट नयाँ सत्रको सुरुवात हुने समेत बताएका छन्।

‘अब नवौंपछिको दशौं सिनेमा दशपछिको शुन्य हटेपछि बन्ने ‘एक’ अर्थात् आज म शुन्यमा छु र मेरो करिअरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ। मेरो करिअरको दोस्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुनेछ,’ उनले लेखेका छन्, ‘जबसम्म शुभचिन्तक र दर्शकहरूको साथ र सहयोग रहिरहनेछ मेरो कोसिस निरन्तर जारी रहनेछ!’

निगम श्रेष्ठले निर्देशन गरेको फिल्मले जम्मा ३० लाख मात्र कमाइ गरेको थियो। 

हेर्नुहोस स्ट्याटस:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…