२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘छक्कापञ्जा ४’ दश करोड क्लबमा प्रवेश

२९ फाल्गुन २०७९, सोमबार ०८:२५

फागुन २९, काठमाडौँ | ‘छक्कापञ्जा ४’ दश करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनको दोस्रो सप्ताहन्तसम्म फिल्मले साढे १० करोड ग्रस हाराहारीमा कमाइ गरेको छ । दीपकराज गिरी स्टारर पोलिटिकल र कमेडी ड्रामा यस वर्ष नेपाली बक्स अफिसमा दुई अंकको कमाइ गर्ने चौथो फिल्म हो। 

यस वर्ष दुई नेपाली फिल्म ‘कबड्डी ४’ र ‘महापुरुष’सहित ‘अवतार : द वे अफ वाटर’ र ‘पठान’ले १० करोडभन्दा बढी कमाइसकेका छन् । प्रदर्शनको १० दिनसम्म हेमराज बीसी निर्देशित ‘छक्कापञ्जा ४’ले आक्रामक कमाइ गरेको हो । आइतबारसँगै अकुपेन्सीमा ड्रप भएपनि तेस्रो सप्ताहन्तमा फिल्मको कमाइमा अझै वृद्धि हुने प्रक्षेपण गर्न सकिन्छ ।

दोस्रो शनिबार मात्रै फिल्मले डेढ करोडभन्दा बढी कमाइ गरेको थियो । वितरक मनोज राठीले फिल्मको कमाइ उत्साहजनक भएको बताउँदै आगामी सातापनि व्यापारमा वृद्धि हुने आँकलन गरे । अमेरिका र अष्ट्रेलियामा पनि आक्रामक ढंगले फिल्म चलिरहेको देखिन्छ । दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, नीर शाहको शीर्ष भूमिका रहेको फिल्म राजनीतिक कथावस्तुमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…