४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

समावेशी म्युजिक अवार्डबाट गीतकार प्रकाश सुवेदीसहित ४२ जना पुरस्कृत

३० फाल्गुन २०७९, मंगलवार ०३:१८

फागुन ३०, काठमाडौँ | यही फागुन २८ गते ललितपुरको स्क्वायर होटलमा सम्पन्न ‘छैटौँ समावेशी म्युजिक अवार्ड’बाट गीतकार प्रकाश सुवेदीसहित ४२ जनालाई पुरस्कृत गरिएको छ । 

सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा ‘असारै लाग्यो’ बोलको गीतबाट गीतकार सुवेदी, ‘धोकेबाज’ बोलको गीतका लागि गायक शिव परियार, ‘नछुटोस्’ बोलको गीतका लागि आधुनिक गायिका बेनिशा पौडेल र ‘धर्ती आकाश’ बोलको गीतमा सङ्गीत दिनुभएका अर्जुन पोखरेललाई पुरस्कृत गरिएको छ ।

विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न सो समारोहमा  सञ्चारकर्मी बिदुर गिरीलाई यस वर्षको ‘ पिम नेपाल पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको छ । यस्तै अछामको साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर, भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ, गायिका केन्जुमा सुब्बा, सङ्गीतकार शङ्कर थापा, पत्रकार राज लुइँटेल, गायिका अमृता श्रीपाली, व्यवसायी नमराज श्रेष्ठ, सञ्चारकर्मी दिनेश थापा, मूर्तिकार विनिता श्रेष्ठ, निर्देशक चेतनाथ दङ्गाल, अभिनेता दिनेश केसीलगायतलाई सम्मानित गरिएको थियो । 

गीतकार तथा पत्रकार शान्तिप्रियको सभापतित्व, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पूर्वउपसभामुख चित्रलेखा यादव, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, चैत्यदेवी सिंहसहित गीत–सङ्गीत, कलाकारिता र पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वको सहभागिता थियो । समारोहमा वरिष्ठ गायक तथा सङ्गीतकार चन्द्रकुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गरिएको थियो ।  

‘नेपाली हुनुमा गर्व गरौँ, कला र संस्कृतिको जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ छ वर्षदेखि सञ्चालित सो कार्यक्रमको उद्देश्य प्रतिस्पर्धाभन्दा पनि नेपालमा विभिन्न भाषाभाषी, कला र संस्कृतिलाई प्रोत्साहन गर्दै एकापसमा भाइचारा तथा एकताको भावना जागृत गराउनु रहेको आयोजक संस्थाका अध्यक्ष माधव खरेलले जानकारी दिनुभयो । 

अवार्ड समारोहमा मोडल सनम कठायत, पत्रकार चक्र कुँवर, गायिका कालिका रोका, छायाँकार कृष्णबहादुर थापा, निर्देशक निरेन श्रेष्ठ, गायक ओम सुनार, सङ्गीतकार राजु शर्मा नेपाली, गायिका रोशनी रसाइली, निर्देशक उमेश गुरुङ, सङ्गीतकार योगेन्द्र उपाध्याय, कल्याण अधिकारी, जुगल डङ्गोल, गीतकार भरत बम्जन, सञ्चारकर्मी तथा निर्देशक विजयरत्न तुलाधर, गीतकार तथा सङ्गीतकार कस्तुप पन्त, भिडियो सम्पादक वीरेन्द्र भाटलगायत विभिन्न विधामा ख्यातिप्राप्त व्यक्तित्व निर्णायकको भूमिकामा रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता