२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘छक्का पञ्जा ४’ को सहकारी संवाद हटाउन माग गर्दै विकास बोर्डमा उजुरी

३० फाल्गुन २०७९, मंगलवार ०६:२९

फागुन ३०, काठमाडौँ | दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको फिल्म हो ‘छक्का पञ्जा ४’ । दुई साता अगाडिबाट सार्वजनिक प्रदर्शन आएको फिल्मले घरेलु बक्स अफिसमा आक्रामक कमाई गरिरहेको छ ।

विदेशमा मात्र होइन विदेशका पनि थुप्रै देशबाट प्रदर्शनमा आएको फिल्ममा रहेको सहकारी सम्बन्धी एउटा संवाद हटाउन माग गर्दै राष्ट्रिय सहकारी महासङ्घले सोमबार चलचित्र विकास बोर्डमा निवेदन बुझाएको छ । महासङ्घका अध्यक्ष मीनराज कँडेलद्वारा हस्ताक्षरित निवेदनमा सहकारी क्षेत्रको विश्वसनीयतामाथि नै प्रश्न उठाउने खालको संवाद फिल्ममा प्रयोग भएको भन्दै आपत्ति प्रकट गरिएको छ ।

‘छक्का पञ्जा ४’ मा सहकारी सम्बन्धी लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेकोमा समग्र सहकारी अभियानको तर्फबाट महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ’ निवेदनमा अगाडि भनिएको छ ‘सहकारी क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उब्जिने उक्त कपोलकल्पित, भ्रामक, तथ्यहीन संवादको घोर भर्त्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटाउन अनुरोध गर्दछौँ ।

फिल्ममा महिलालाई भाग्ने सहकारीको रूपमा व्याख्या गरिएको संवाद छ । उक्त संवादप्रति सहकारी क्षेत्रका विभिन्न व्यक्तिहरूले आपत्ति जनाउँदै आएका छन् । 

हेमराज बिसीको निर्देशन रहेको फिल्ममा दीपक राज गिरी, बेनिशा हमाल, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ ।

फिल्मको कथा दीपकराज गिरीले आफैले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायाङ्कन रहेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुतिमा निर्माण भएको फिल्मले राजनीतिक विषय कथाको रूपमा उठाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…