२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

चलचित्र समीक्षा– ‘छक्का पञ्जा ४’

१ चैत्र २०७९, बुधबार ०७:१९

चैत १, काठमाडौँ | सिनेमा हलमा फागुन १९ गतेदेखि ‘छक्का पञ्जा’को चौथो शृङ्खला प्रदर्शनरत छ । बक्सअफिसलाई नियाल्ने हो भने चलचित्र ‘छक्का पञ्जा ४’ ले घरेलु बक्सअफिसमै रु १२ करोडभन्दा बढीको ग्रस व्यापार गरेको निर्माण पक्षको दाबी छ । 

लगातार तेस्रो शृङ्खलासम्म निर्देशक बन्नुभएकी दीपाश्री निरौला यसपटक कलाकार मात्र हुनुहुन्छ । लेखक, निर्माता तथा कलाकार दीपकराज गिरीले निर्देशनको कार्यभार हेमराज बिसीलाई दिनुभएको छ । यसमा केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, बेनिशा हमाल, रमेश बुढाथोकी, नीर शाह, राज आचार्य, शिशिर बाङ्गदेल, मलिना जोशी लगायतको अभिनय छ । 


‘तीतो सत्य’ टेलिभिजन शृङ्खलामार्फत समसामयिक विषयवस्तुलाई व्यङ्ग्य गर्ने गर्नुभएको लेखक गिरीले त्यही क्रमलाई चौथो छक्का पञ्जाको शृङ्खलामा समेत निरन्तरता दिनुभएको छ । राजनीतिक दल, कर्मचारी, सार्वजनिक संस्थामा देखिएको विकृतिलाई यसमा देखाइएको छ । 

प्रतिनिधिसभा सदस्य निर्भय सिंह (नीर शाह)को छोरा दिग्विजय सिंह (दीपकराज गिरी) उर्फ ‘राजा’ गुन्डा नाइके मात्र नभई मिटर ब्याजीका रुपले परिचित हुनुहुन्छ । एकीकृत निष्पक्ष दलबाट निर्वाचनमा होमिनै लाग्दा निर्भय बिरामी हुन्छन् । बोल्न नसक्ने, शरीर नचल्ने रोग लागेपछि निर्भयले नै निर्वाचनमा पार्टीबाट सहभागी हुने उम्मेदवार आफ्नै छोरा दिग्विजयलाई चुन्छन् । 

पार्टीकै अर्का नेता नरोत्तम (रमेश बुढाथोकी) आशावादी हुन्छन् । निर्भयले छोरालाई रोजेपछि आन्तरिक कलह सुरु हुन्छ । आफ्नै पार्टीका सदस्यको असहयोग भएता पनि दिग्विजयले आफ्नो बाल्यकालको साथी सञ्जेल (केदार घिमिरे) र बुद्धि (बुद्धि तामाङ) को सहायताले चुनाव जित्छन् । युट्युबर एलिशा (बेनिशा हमला) को एक भिडियोले जनतामाझ हिरो हुँदै भाइरल बन्छन् । 

लेखकसमेत रहनुभएका अभिनेता गिरीले आफ्नो पात्रलाई बलियो बनाउँदा अन्यलाई भने निरन्तरता दिन सक्नुभएको छैन । स्कुलका शिक्षक सञ्जेल र बुद्धिको पात्र राजाकै अनुसार चलिरहेको पाइन्छ । चलचित्रले उनीहरूको आफ्नो कथासँग सम्बन्ध गाँस्न सकेको छैन । 

राजनीति र कर्मचारीतन्त्रलाई व्यङ्ग्य गर्दै राजनीतिमा हुने गुण्डागर्दी, योग्यलाई भन्दा आफ्नालाई टिकट, युवा र पुराना नेतृत्वबीचको लडाइँ, राजनीतिक खिचातानीलगायत विषयलाई चलचित्रमा समेटिएको छ । बढ्दो पपुलिष्ट, युट्युबकारिता, साइबरसेना, विवाहेत्तर सम्बन्धलगायत थुप्रै विषयलाई समेटेको ‘छक्का पञ्जा ४’ मूल मुद्दाको गहिराइमा भने पुगेको छैन ।  

शृङ्खला थपिँदै जाँदा सामाजिक विषयवस्तुमार्फत दर्शकसम्म पुग्नु अभिनेता गिरीसहित टोलीको प्रशंसनीय कार्य हो । लक्ष्य र द्वन्द्व दुवै नभएपछि दृश्यको थुप्रो मात्र रहेको आभाष दिने उक्त चलचित्रमा अभिनेता गिरीको हिरोगिरीले दीर्घकालीन असर गर्ने सम्भावना बढ्दो छ । कमजोरीका बीच पनि मनोरञ्जनबाहेक केही लिनु छैन भन्नुहुन्छ भने यसले मनोरञ्जन दिन्छ । मनोरञ्जन ‘सस्तो रमाइलो’ बनेको छ । 

संवाद हटाउन निवेदन

फागुनदेखि प्रदर्शन भइरहेको चलचित्र ‘छक्का पञ्जा ४’ मा सहकारीसम्बन्धी समावेश संवाद हटाउन राष्ट्रिय सहकारी महासङ्घले माग गरेको छ । सोमबार चलचित्र विकास बोर्डमा निवेदन बुझाउँदै महासङ्घले सहकारी क्षेत्रको विश्वसनीयतामाथि नै प्रश्न उठाउने खालको संवाद प्रयोग भएकामा आपत्ति जनाइएको छ । 

महासङ्घका अध्यक्ष मीनराज कँडेलद्वारा हस्ताक्षरित निवेदनमा सहकारीसम्बन्धी लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेको हुँदा यसले विश्वसनीयतामाथि प्रश्न उब्जिने जनाउँदै कपोलकल्पित, भ्रामक, तथ्यहीन संवादको घोर भत्र्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटाउन अनुरोध गरिएको छ । 

केही दिनअगाडि सहकारी सञ्चालक तथा कलाकार मधुसूधन पाठक (सिते बा)ले सहकारीको विषयमा अतिरञ्जित हिसाबले राखिएको संवादप्रति घोर आपत्ति जनाउँदै अध्ययन बिना प्रयोग गरिएको संवाद सही नभएको बताउनुभएको थियो ।

यस विषयमा आधिकारिक रूपमा जानकारी नआएको निर्माता निर्मल शर्माले जानकारी दिनुभयो । “हामी यस विषयमा आपसमा छलफल गरेर मात्र आफ्नो धारणा सार्वजनिक गर्नेछौँ, प्रक्रियागत रूपमै अगाडि बढ्ने छौँ”, निर्माता शर्माले भन्नुभयो ।  

उहाँले चलचित्रले घरेलु बक्सअफिसमै  रु १२ करोड बढीको ग्रस कलेक्सन गरिसकेको जानकारी दिनुभयो । निर्माता शर्माले भन्नुभयो, “व्यापारभन्दा पनि दर्शकको विश्वास बढाउनु थियो, दर्शकको प्रतिक्रियाले उत्साहित भएका छौँ, यसको शृङ्खलालाई अगाडि बढाउन हौसला मिलेको छ ।” उहाँले ‘छक्का पञ्जा ५’ बन्ने स्पष्ट सङ्केत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की