१ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा अवैधानिक नेपाली कामदारहरुले स्वेच्छाले नेपाल फर्किन चाहेमा यसो गर्नुस् (सूचना)

५ असार २०७५, मंगलवार १८:५७

सास | मलेसियामा अवैधानिक भएर पनि बसिरहेका नेपाली कामदारहरूले स्वेच्छिक रुपमा नेपाल फर्कन चाहनुहुन्छ भने ३० अगस्ट २०१८ भित्र नेपाल फिर्ता भईसक्नुपर्नेछ । मलेसिया स्थित नेपाली दुतावासले यस सम्बन्धि सूचना प्रकाशन गर्दै जानकारी दिएको छ, जुन सूचना तल हेर्न सक्नुहुनेछ ।

१. एकतर्फी यात्रा अनुमतिपत्र (TRAVEL DOCUMENT): आफूसाथमा पासपोर्ट नभएमा अबैधानिक नेपाली कामदारले ३+१ कार्यक्रम अन्तर्गत नेपाल जान चाहेमा नेपाली राजदुतावासबाट मलेसियन रिंगेट १६०/- राजश्व तिरेर एकातर्फी यात्रा अनुमति लिनुपर्छ । साथै राहदानी भएका तर अवैधानिक रहेका नेपाली कामदारहरुलाई नेपाली दुतावास आईराख्नुपर्ने हुँदैन । 

२. अध्यागमन विभागमा लाग्ने खर्च: यात्रा अनुमतिपत्र बनेपछि मलेसियाको अध्यागमन विभाग गई जरिवाना बापत मलेसियन रिंगेट ३००/- र स्पेसल पास बापत मलेसियन रिंगेट १००/- गरी जम्मा मलेसियन रिंगेट ४००/- तिर्नु पर्छ ।

३. हवाई टिकटको खर्च कामदार आफैले बेहोर्नुपर्ने हुन्छ । 

४. अवैधानिक कामदारले दिएको आवेदन मलेसियन अध्यागमन विभागद्वारा स्वीकृत भएमा सो विभागले स्पेसल पास दिन्छ र तोकिएको समय भित्र स्वदेश फिर्ता हुनुपर्नेछ ।

५. मलेसियन अध्यागमन विभागले स्वदेश फिर्ता हुन चाहने अवैधानिक विदेशी कामदारलाई कागजी प्रक्रियामा सहयोग गर्न ८ वटा मलेसियन कम्पनीहरू तोकेको छ । मलेसियन अध्यागमन विभागबाट प्राप्त सूचना बमोजिम सबै अवैधानिक कामदारहरु सोहि कम्पनीहरु मार्फत जानु पर्ने भएको र सो बापत जम्मा मलेसियन रिंगेट ४००/- सेवा शुल्क उक्त कम्पनीलाई तिर्नुपर्ने हुन्छ । सो शुल्क वापत उक्त कम्पनीले आवेदकलाई अध्यागमन बिभाग लैजाने र फिर्ता ल्याउने व्यवस्था मिलाउनुको साथै सम्पूर्ण दर्ता प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ र नेपाल फिर्ता हुने टिकट खरिद गर्न आवेदकलाई सहयोग गर्नुपर्ने हुन्छ ।

उक्त कम्पनीहरुको नाम तथा अन्य विवरण देहाय बमोजिम छ । 

1. International Marketing and Net (IMAN) Resources Sdn. Bhd. 

LOT 43-44, Ground Floor Complex Wilayah 2 Man Munshi Abdullah 50100 Kuala Lumpur

Contact: +60326021230

2. Harfaase Resource Sdn. Bhd.

No 32-2. Mimi Metro Wangsa, Seksyen 2, 53300 Wangsa Maju, Kuala Lumpur

Contact: Tel +6034149 6414

3. Bukti Megah Sdn. Bhd.

C3-3-6, lalan Dutamas I. Solaris Dutamas, 50480 Kuala Lumpur

Contact: Tel. +607 333 8797, 0194849666 (HOTLINE)

4. Kericom Sdn. Bhd.

Menara Ikhlas, 17 Persiaran Perdana, Presint 3.62100 Putrjaya

Contact: +60388930261

5. Profound Radiance Sdn. Bhd.

Lot 2.47-2048-2.49-2.50. 214 Floor Kompleks Wilayah, No. 2 Satan, Munshi Abdullah, 50100 Kuala Lumpur

Contact: +60326919151

6. Bu kti Mahligai Sdn. Bhd. (No Contact Detail Avilable)

7. MAP Consortium

Contact: +60378018888

8. Perunding Zon Jcrnlh Sdn. Bhd. (No Contact Detail Avilable) 

 

:: माथिको सूचना मलेसिया स्थित नेपाली राजदूतावासको फेसबुक पेजबाट साभार गरिएको हो ।

>> वैदेशिक रोजगार मोबाइल एप डाउनलोड गरेर तपाइले सबै म्यानपावरको जानकारी, बैदेशिक रोजगारसम्बन्धि समाचार, दैनिक विनिमय दर र बैदेशिक रोजगारीको बिबिध जानकारी लिन सक्नुहुनेछ: यो लिंकमा क्लिक गर्नुहोस् https://goo.gl/QbRYoC 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो देउवाले भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको सामू एकजुट भई सामना गर्ने दृढ सङ्कल्प हुनुपर्ने बताए चैत मसान्तसम्म २९ प्रतिशतमा विकास खर्च खुम्चियाे एमआरपी मूल्य उल्लेख नगरि वस्तु बिक्री गरेका एक पसललाई २ लाख जरिवाना आज भक्तपुरको प्रसिद्ध बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइँदै कांग्रेसका नेता कोइरालाले कांग्रेस पार्टी “सुकिला मुकिला र पैसावालाको कब्जामा” जाने खतरा देखेको दाबी गरे नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु परराष्ट्रमन्त्री आरजु राणासहित १५ देशका राजदूत कन्याममा प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरे संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती सेवा विधेयक अघि बढाउन ढिलाइ गरिए आन्दोलन गर्ने चेतावनी दियो मन्त्री प्रदीप यादवद्वारा मेलम्चीमा छड्के अनुगमन, १६ कर्मचारी अनुपस्थित पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरे प्रधानमन्त्री ओलीले सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए रवि लामिछाने थुनाः सर्वोच्च अदालतले मगायो उच्चको कैफियत प्रतिवेदन नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, अधिकांश पर्यटकीय गन्तव्य पर्यटकले भरिभराउ शेरबहादुर देउबाले शिक्षकहरुको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए नेप्से परिसूचक आठ अङ्कले घट्यो करेन्ट लागेर २ जनाको मृत्यु लागुऔषध र अवैध पेस्तोलसहित एक जना भारतीय नागरि पक्राउ राजावादी प्रदर्शनका क्रममा चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतबाट छुट्न थाले