२५ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट TV ल्याउँदा वा १०० ग्राम सुन ल्याउँदा कती कर लाग्छ ? (मूल्य सहित)

२ भाद्र २०७५, शनिबार १९:३८

वैदेशिक रोजगारीबाट घर फर्कनेले एक सय ग्राम काँचो सुन कर तिरेर ल्याउन पाउनेछन् ।

पछिल्लो आर्थिक बर्षको बजेट भाषणपछि लागेको यो नियम अनुसार वैदेशिक रोजगारीबाट नेपाल फर्कने नेपालीहरुलाई कर तिरेर एक सय ग्रामसम्म काँचो सुन लिएर आउन पाउने नीति लिएको हो । यसअघि नेपाल आउने बिदेशी, गैरआवासीय नेपाली र वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले काँचो सुन तथा चाँदी लिएर आउन पाउने थिएनन् । हालै मात्र आएको बजेटले भने वैदेशिक रोजगारीबाट घर फर्किदा १०० ग्रामसम्मको काँचो सुन लिएर आउन पाउने व्यवस्था गरिएको छ । तर त्यसको कर भने तिर्नुपर्ने हुन्छ ।

विदेशबाट काँचो सुन लिएर आउँदा कति कर तिर्नुपर्छ ?

नेपालको भन्सार विभागले निकालेको आर्थिक विधेयकको पृष्‍ठ ३६८ अनुसार काँचो सुनको दुईवटा महसुल दर हुनेछन्:

१) १ ग्राम देखी ५० ग्रामसम्म काँचो सुन लिएर आउँदा प्रति १० ग्रामको कर = ५२०० रुपैयाँ । 

उदाहरण:- मानौं तपाइले १० ग्राम काँचो सुन ल्याउनुभएको छ भने १x५२००= ५२०० रुपैयाँ, त्यस्तै तपाइले ४० ग्राम काँचो सुन ल्याउनुभएको छ भने ४x५२००= २०,८००/- रुपैयाँ लाग्छ । 

२) ५० ग्राम देखी १०० ग्राम सम्मको काँचो सुन लिएर जाँदा प्रति १० ग्रामको ६२०० रुपैयाँ ।

उदाहरण:- मानौं तपाइले १०० ग्राम काँचो सुन लिएर नेपाल आउनु भयो भने तपाइले तिर्नुपर्ने कर पहिलो ५० ग्राममा माथिको नियम लागु हुन्छ । ५० ग्राम काँचो सुन ल्याउँदा तपाइँलाई कुल २६,०००/- कर लाग्छ । त्यसपछि प्रति १० ग्राम ६२०० रुपैयाँ लाग्छ । नियम अनुसार अब १०० ग्राम सुनको ५ x ६२०० = ३१,०००/- रुपैयाँ पर्छ । यसको मतलब अब पहिलो ५० ग्रामको मूल्य २६,०००/- र अर्को ५० ग्रामको मूल्य ३१,०००/- पर्दा अब कुल १०० ग्राम सुन ल्याउँदा ५७,०००/- कर तिर्नुपर्ने हुन्छ । (पहिलो ५० ग्रामको २६,०००/- मा दोश्रो ५० ग्रामको ३१,००० जोडदा तपाईंले १०० ग्राम काँचो सुनको कर नेपाली रुपैयाँ ‍५७,०००/- रुपैयाँ महसूल तिर्नु परेको हो ।)

नझुकिनु होस्: ५० ग्रामसम्मको गहना लैजाँदा कुनै शुल्क तिर्नु पर्दैन ।

याद राख्नुहोस्: १०० ग्रामभन्दा बढी काँचो सुन लगेमा भने जति बढी छ त्यति जफत हुनेछ । मानौं तपाइले २०० ग्राम काँचो सुन लिएर नेपाल आउनुभएको छ भने १०० ग्राम भन्सारले जफत गर्छ ।

विदेशबाट ल्याउने टेलिभिजनमा के कती कर लाग्छ ?

पहिलाको जस्तै यो वर्ष पनि वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष पछी नेपाल फर्कने नेपालीले एक पटकका लागि जुनसुकै प्रकारको ३२ इन्चसम्मको टेलिभिजन ल्याउँदा कुनै कर तिर्नु पर्दैन ।

३२ इन्च भन्दा माथिको टि.भीमा कती कर तिर्नुपर्छ ? 


नेपाल राजपत्रमा प्रकाशित निजी गुण्टा, झिटी भारी सम्बन्धी सूचनामा उल्लिखित टेलिभिजन मध्ये एल.सी.डी., प्लाज्मा वा एल.इ.डी. टेलिभिजनमा आर्थिक विधेयकको अनुसूचीको दफा २२ को उपदफा (१२) बमोजिम थप ५५ प्रतिशत भन्सार महसुल लाग्नेछ !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–भारतबीको सम्बन्ध बहुआयामिक छ : प्रदीप ज्ञवाली अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको दावी गरे रेबिज लागेको कुकुरको टोकाइबाट १२ जना घाइते भए तीनकुने घटनामा संलग्न आरोपमा एनी कुँवर पक्राउ पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ आयोजना हुँदै प्रधानमन्त्रीले शिक्षकहरूका जायज माग सम्बोधन गर्न तयार छौँ बताए साउदी अरेबियाले भारत, पाकिस्तान र बंगलादेशसहित १४ देशमाथि भिसामा प्रतिबन्ध लगायो यातायात मन्त्रालयले मापदण्डविपरीतका सवारीसाधनलाई रोक लगाउँदै शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग शिक्षकका मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलमलाइ राप्रपा को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइफोन १७ को डिजाइनमा ठूलो परिवर्तन हुने प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले राष्ट्रपति भवन नजिकै धर्ना दिए ७ प्रतिशत ब्याजदरमा एनआईसी एसिया बैंक लिमिटेडको ऋणपत्र बिक्री खुल्ला सिकार गर्न हिँडेका भरुवा बन्दुकसहित २ जना पक्राउ, १ जना फरार आलुको मूल्य कति छ ? काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले तलब पाए