२५ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा आर्थिक सहायता पाउन के गर्ने ? कति पैसा पाइन्छ ?

१२ मंसिर २०७५, बुधबार १७:४३

सास | बैदेशिक रोजगार प्रवर्दन बोर्डबाट प्रदान गरिने आर्थिक सहायता र औषधिपचार व्यवस्था र प्रक्रिया अन्तर्गत कुनै पनि कामदार बैदेशिक रोजगारीको क्रममा मृत्यु भएको अवस्था छ भने उसको परिवारले आर्थिक सहायता पाउने व्यवस्था छ । 

बैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ 'घ' मा उल्लेख भए अनुसार र बैदेशिक रोजगार नियमावली २०६४ को नियम २८ बमोजिम बैदेशिक रोजगारमा गई कुनै पनि कारणले मृत्य भएका कामदारका परिवारलाई निम्न अनुसार प्रक्रिया पुरा गरी रु. ३,००,००० (तीन लाख) आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ:- 

आर्थिक सहायता पाउने सर्तहरु के-के ? 

१. बैदेशिक रोजगार बिभागबाट श्रम स्वीकृति लिई गएको हुनुपर्छ ।

२. करार अवधिभित्र मृत्यु भएको हुनुपर्छ ।

३. मृत्यु भएको प्रमाणित भएको १ बर्षभित्र मृतक कामदारको हकवालाले वोर्डको सचिवालयमा निवेदन पेश गर्नुपर्ने हुन्छ ।

यो सहायता पाउन निवेदन साथ संलग्न हुनु पर्ने कागजातहरु:  

- मृतक कामदारको पासपोर्ट 

- श्रम स्वीकृति पत्र

- करारपत्र 

- Death Certificate (यस्तो प्रमाणपत्र रोजगारदाता मुलुकले दिन्छ)

- सम्बन्धित दुतावासको शिफारिसपत्र 

- मृत्युदर्ता प्रमाणपत्र 

- हकवालासँग मृतकको नाता प्रमाणित पत्र 

- मृतक कामदारको नागरिकता 

- हकवालाको नागरिकता 

- हकवालाको पासपोर्ट साइजको फोटो २ प्रति 

- मृतक अविवाहित भए सो को प्रमाणित कागजात 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–भारतबीको सम्बन्ध बहुआयामिक छ : प्रदीप ज्ञवाली अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको दावी गरे रेबिज लागेको कुकुरको टोकाइबाट १२ जना घाइते भए तीनकुने घटनामा संलग्न आरोपमा एनी कुँवर पक्राउ पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ आयोजना हुँदै प्रधानमन्त्रीले शिक्षकहरूका जायज माग सम्बोधन गर्न तयार छौँ बताए साउदी अरेबियाले भारत, पाकिस्तान र बंगलादेशसहित १४ देशमाथि भिसामा प्रतिबन्ध लगायो यातायात मन्त्रालयले मापदण्डविपरीतका सवारीसाधनलाई रोक लगाउँदै शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग शिक्षकका मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलमलाइ राप्रपा को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइफोन १७ को डिजाइनमा ठूलो परिवर्तन हुने प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले राष्ट्रपति भवन नजिकै धर्ना दिए ७ प्रतिशत ब्याजदरमा एनआईसी एसिया बैंक लिमिटेडको ऋणपत्र बिक्री खुल्ला सिकार गर्न हिँडेका भरुवा बन्दुकसहित २ जना पक्राउ, १ जना फरार आलुको मूल्य कति छ ? काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले तलब पाए