२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीको क्रममा अंगभंग भई फर्कने कामदारले कसरी र कति आर्थिक सहायता पाउँछन् ?

२०७५, १२ मंसिर बुधबार १८:१७

सास | बैदेशिक रोजगार प्रवर्दन बोर्डबाट प्रदान गरिने आर्थिक सहायता र औषधिपचार व्यवस्था र प्रक्रिया अन्तर्गत कुनै पनि कामदार बैदेशिक रोजगारीको क्रममा अंगभंग भएको अवस्था छ भने उसलाई प्रवर्धन वोर्डले अंगभंगको प्रकृति अनुसार ३,००,००० (तीन लाख) सम्म आर्थिक सहायता उपलब्ध गराउँछ । 

बैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ 'घ' मा उल्लेख भए अनुसार र बैदेशिक रोजगार नियमावली २०६४ को नियम २८ बमोजिम यो व्यवस्था लागु भएको हो । 

आर्थिक सहायता पाउने सर्तहरु निम्न छन्: 

१. बैदेशिक रोजगार बिभागबाट श्रम स्वीकृति लिई गएको हुनुपर्छ ।

२. करार अवधिभित्र अंगभंग भएको हुनुपर्छ ।

३. अंगभंग भई स्वदेश फर्किएको १ बर्षभित्र बैदेशिक रोजगार प्रवर्धन वोर्डको सचिवालयमा निवेदन पेश गर्नुपर्ने हुन्छ ।

आर्थिक सहायता पाउनको लागि आवश्यक पर्ने कागजातहरु:-

- कामदारको पासपोर्ट 

- श्रम स्वीकृति पत्र

- करारपत्र 

- रोजगारदाता मूलुकमा उपचार गराएको प्रेसकिप्सन 

- सम्बन्धित दुतावासको शिफारिसपत्र 

- कामदारको नागरिकता 

- अंगभंग भएको कामदारको अंगभंग भएको फोटो 

- नेपाल फर्किएपछि सरकारी अस्पतालमा उपचार गराएको प्रेसकिप्सन 

- नेपाल फर्कंदाको हवाई टिकट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय