२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा रोजगारी: २०१९ मा ५६ हजारको माग, फागुनमा आवेदन, जेठमा परीक्षा

२०७५, १३ पुष शुक्रबार १६:३९

पुष १३, काठमाडौँ | दक्षिण कोरियामा सन् २०१९ मा नेपालसहित १५ मुलुकबाट करिब ५६ हजार कामदार माग हुन सक्ने सरकारी अधिकारीहरूले आंकलन गरेका छन् । जस मध्ये १० हजार नेपालीको माग हुन सक्ने बताइएको छ । 

सन् २०१७ मा नेपाललाई करिब १० हजारको हाराहारीमा कामदार कोटा निर्धारण गरिएको थियो भने २०१८ मा करिब आठ हजारको हाराहारीमा कोटा निर्धारण भएको थियो । कोरियाले सुरुदेखिनै एक बर्ष कोटा घटाउने र अर्को बर्ष बढाउने गरेकोमा अघिल्लो बर्ष कोटा घटाएकोले यो पटक बढाउने बताइएको छ । कामदार छनोटका लागि दशौँ भाषापरीक्षा आगामी फागुनमा आवेदन माग गर्ने गरी सरकारले तयारी अगाडि बढाएको छ । परीक्षा भने जेठको अन्तिम र असारको पहिलो हप्ता गर्ने सरकारी योजना छ । कोरियाले फागुनमा कोटा निर्धारण गर्नेछ ।

नेपालबाट दक्षिण कोरिया बैदेशिक रोजगारीको लागि निकै भरपर्दो र आकर्षक गन्तव्य मानिन्छ । त्यसो त बर्षेनी नेपालबाट कोरिया जानकै लागि दिने भाषा परिक्षाको आवेदनले पनि यस बिषयलाई स्पष्ट पार्छ । सरकारी प्रक्रियाबाट कोरिया जान निकै सस्तो पर्ने र तलब पनि भनेजस्तो हुने हुँदा नेपालीहरुलाई दक्षिण कोरियामा बैदेशिक रोजगारीको लागि आकर्षण बढ्नु स्वभाविकनै हो ।  


उता नेपाली कामदारहरूले देखाएको काम प्रति लगाव र इमानदारीताको कारण पनि दक्षिण कोरियामा नेपाली जनशक्तिको माग बढेको अवस्था छ । 

कोरियामा नेपालीको माग भाषामा आधारित हुन्छ । कोरियाली भाषा सिक्नका लागि राजधानीमा बर्षेनी झन्डै १ लाख आकांक्षीहरुको भीड लाग्ने गरेको छ । त्यसो त त्यसैको लागि देशभरी हजारौंको शंख्यामा भाषा सिकाउने सेन्टरहरु खुलेका छन् । 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा जति महत्वपूर्ण छ त्यतिनै महत्त्वपूर्ण शारीरिक अवस्था र स्वास्थ्य परीक्षण हो । कोरिया जानु अघि स्वास्थ्य परीक्षण कम्तीमा दुई पटक गर्नुपर्ने हुन्छ । कोरियाको भाषा परीक्षामा उत्तीर्ण भइसकेकाहरुको स्वास्थ्य परिक्षण हुन्छ । कोरियामा अध्यागमन पार गरेर लगिने कामदार प्रशिक्षण केन्द्र पुगेपछि पुन: एक पटक सरुवा रोग लगायतको जाँच गराइन्छ । उक्त परीक्षण पास गर्न नसकेको अवस्थामा कामदारहरूलाई सम्बन्धित देशमै फिर्ता पठाउने गरिन्छ ।

कामदारको तलब

कोरियामा कामदारहरूको तलब मासिक करिब डेढ लाख रुपैयाँदेखि तीन लाखसम्म हुन्छ । कामको क्षेत्र, प्रकृति र कामदारको काम गर्ने क्षमतामा तलब भर पर्छ । कोरियामा आम्दानी मात्रै नभएर कामदारले पाउने सेवा-सुविधाको पारदर्शिता महत्वपूर्ण मानिन्छ । कामदारले हरेक घण्टाको हिसाब र उत्पादकत्वसँग जोडेर तलब पाउने हुँदा कामदार पनि लगावका साथ काम गर्छन । 

बैदेशिक रोजगारीमा शिक्षा सँगै कामदारको काम गर्ने क्षमतालाई महत्व दिइन्छ । जतिसुकै शिक्षित भएपनि काम गर्न सक्ने क्षमता राख्दैन भने त्यसले महत्व राख्दैन । त्यसैले पनि कोरिया जानु अघि २ पटकसम्म स्वास्थ्य परिक्षण गराइन्छ । शारीरिक रुपमा पूर्ण स्वस्थ छ भन्ने प्रमाणित भईसकेपछी मात्र कोरियामा रोजगारीको लागि बाटो खुल्छ । रोजगारदाताले शारीरिक रूपमा कष्टपूर्ण काम गर्न सक्ने र आफ्नो कम्पनीका लागि उपयुक्त भूमिका खेल्न सक्ने कामदार छान्ने हुँदा जस्तो पायो त्यसो व्यक्ति कोरियाको लागि फिट नहुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ