२५ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा रोजगारी: २०१९ मा ५६ हजारको माग, फागुनमा आवेदन, जेठमा परीक्षा

१३ पुष २०७५, शुक्रबार १६:३९

पुष १३, काठमाडौँ | दक्षिण कोरियामा सन् २०१९ मा नेपालसहित १५ मुलुकबाट करिब ५६ हजार कामदार माग हुन सक्ने सरकारी अधिकारीहरूले आंकलन गरेका छन् । जस मध्ये १० हजार नेपालीको माग हुन सक्ने बताइएको छ । 

सन् २०१७ मा नेपाललाई करिब १० हजारको हाराहारीमा कामदार कोटा निर्धारण गरिएको थियो भने २०१८ मा करिब आठ हजारको हाराहारीमा कोटा निर्धारण भएको थियो । कोरियाले सुरुदेखिनै एक बर्ष कोटा घटाउने र अर्को बर्ष बढाउने गरेकोमा अघिल्लो बर्ष कोटा घटाएकोले यो पटक बढाउने बताइएको छ । कामदार छनोटका लागि दशौँ भाषापरीक्षा आगामी फागुनमा आवेदन माग गर्ने गरी सरकारले तयारी अगाडि बढाएको छ । परीक्षा भने जेठको अन्तिम र असारको पहिलो हप्ता गर्ने सरकारी योजना छ । कोरियाले फागुनमा कोटा निर्धारण गर्नेछ ।

नेपालबाट दक्षिण कोरिया बैदेशिक रोजगारीको लागि निकै भरपर्दो र आकर्षक गन्तव्य मानिन्छ । त्यसो त बर्षेनी नेपालबाट कोरिया जानकै लागि दिने भाषा परिक्षाको आवेदनले पनि यस बिषयलाई स्पष्ट पार्छ । सरकारी प्रक्रियाबाट कोरिया जान निकै सस्तो पर्ने र तलब पनि भनेजस्तो हुने हुँदा नेपालीहरुलाई दक्षिण कोरियामा बैदेशिक रोजगारीको लागि आकर्षण बढ्नु स्वभाविकनै हो ।  


उता नेपाली कामदारहरूले देखाएको काम प्रति लगाव र इमानदारीताको कारण पनि दक्षिण कोरियामा नेपाली जनशक्तिको माग बढेको अवस्था छ । 

कोरियामा नेपालीको माग भाषामा आधारित हुन्छ । कोरियाली भाषा सिक्नका लागि राजधानीमा बर्षेनी झन्डै १ लाख आकांक्षीहरुको भीड लाग्ने गरेको छ । त्यसो त त्यसैको लागि देशभरी हजारौंको शंख्यामा भाषा सिकाउने सेन्टरहरु खुलेका छन् । 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा जति महत्वपूर्ण छ त्यतिनै महत्त्वपूर्ण शारीरिक अवस्था र स्वास्थ्य परीक्षण हो । कोरिया जानु अघि स्वास्थ्य परीक्षण कम्तीमा दुई पटक गर्नुपर्ने हुन्छ । कोरियाको भाषा परीक्षामा उत्तीर्ण भइसकेकाहरुको स्वास्थ्य परिक्षण हुन्छ । कोरियामा अध्यागमन पार गरेर लगिने कामदार प्रशिक्षण केन्द्र पुगेपछि पुन: एक पटक सरुवा रोग लगायतको जाँच गराइन्छ । उक्त परीक्षण पास गर्न नसकेको अवस्थामा कामदारहरूलाई सम्बन्धित देशमै फिर्ता पठाउने गरिन्छ ।

कामदारको तलब

कोरियामा कामदारहरूको तलब मासिक करिब डेढ लाख रुपैयाँदेखि तीन लाखसम्म हुन्छ । कामको क्षेत्र, प्रकृति र कामदारको काम गर्ने क्षमतामा तलब भर पर्छ । कोरियामा आम्दानी मात्रै नभएर कामदारले पाउने सेवा-सुविधाको पारदर्शिता महत्वपूर्ण मानिन्छ । कामदारले हरेक घण्टाको हिसाब र उत्पादकत्वसँग जोडेर तलब पाउने हुँदा कामदार पनि लगावका साथ काम गर्छन । 

बैदेशिक रोजगारीमा शिक्षा सँगै कामदारको काम गर्ने क्षमतालाई महत्व दिइन्छ । जतिसुकै शिक्षित भएपनि काम गर्न सक्ने क्षमता राख्दैन भने त्यसले महत्व राख्दैन । त्यसैले पनि कोरिया जानु अघि २ पटकसम्म स्वास्थ्य परिक्षण गराइन्छ । शारीरिक रुपमा पूर्ण स्वस्थ छ भन्ने प्रमाणित भईसकेपछी मात्र कोरियामा रोजगारीको लागि बाटो खुल्छ । रोजगारदाताले शारीरिक रूपमा कष्टपूर्ण काम गर्न सक्ने र आफ्नो कम्पनीका लागि उपयुक्त भूमिका खेल्न सक्ने कामदार छान्ने हुँदा जस्तो पायो त्यसो व्यक्ति कोरियाको लागि फिट नहुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–भारतबीको सम्बन्ध बहुआयामिक छ : प्रदीप ज्ञवाली अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको दावी गरे रेबिज लागेको कुकुरको टोकाइबाट १२ जना घाइते भए तीनकुने घटनामा संलग्न आरोपमा एनी कुँवर पक्राउ पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ आयोजना हुँदै प्रधानमन्त्रीले शिक्षकहरूका जायज माग सम्बोधन गर्न तयार छौँ बताए साउदी अरेबियाले भारत, पाकिस्तान र बंगलादेशसहित १४ देशमाथि भिसामा प्रतिबन्ध लगायो यातायात मन्त्रालयले मापदण्डविपरीतका सवारीसाधनलाई रोक लगाउँदै शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग शिक्षकका मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलमलाइ राप्रपा को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइफोन १७ को डिजाइनमा ठूलो परिवर्तन हुने प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले राष्ट्रपति भवन नजिकै धर्ना दिए ७ प्रतिशत ब्याजदरमा एनआईसी एसिया बैंक लिमिटेडको ऋणपत्र बिक्री खुल्ला सिकार गर्न हिँडेका भरुवा बन्दुकसहित २ जना पक्राउ, १ जना फरार आलुको मूल्य कति छ ? काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले तलब पाए