२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका नेपाली नागरिकहरूले चालचलन प्रमाणपत्र (Police Report) कसरी लिने ? (फारम सहित)

२०७५, २३ पुष सोमबार ०७:५९

विदेशमा रहेका नेपालीहरुका सम्बन्धित नातेदारहरुले प्रहरी प्रधान कार्यालय चालचलन शाखामा तोकिएको निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसी निर्धारित समय भित्र निवेदन दिनु पर्नेछ । समय भित्र निवेदन प्राप्त भएपछि सम्बन्धित व्यक्तिको अपराध अभिलेख चेकजाँच को लागि पठाईने छ । अपराधिक अभिलेख परिक्षण भई आएपछि ठीक रहेका पाइएमा निजलाई नेपालमा रहेको अवधि सम्मको प्रहरी चारित्रिक प्रमाणपत्र उपलव्ध गराईने छ र निवेदक स्वयं उपस्थित भई चारीत्रिक प्रमाणपत्र बुझी लानु पर्नेछ । निवेदन दिएको ३ कार्य दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिनेछ ।

निवेदन साथ पेश गर्नु पर्ने कागजातहरू:

क) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:

      १) पृष्ठ नं – २, ३ तथा ३१ ।

      २) अन्तिम पटक नेपाल छोडदाको Nepal Immigration Departure Stamp भएको पृष्ठ ।

ख) नागरिकताको प्रतिलिपी थान १ ।

ग) विवाहित महिलाको हकमा विवाह दर्ता प्रतिलिपी थान १ ।

घ) निवेदकको नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।

ङ) पासपोर्ट साइजको रंगीन फोटो थान २ । 

* निवेदन वुझाउने समय :- शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र ।

(फाराम डाउनलोड गर्नुहोस्) >> 

https://cid.nepalpolice.gov.np/images/documents/character_forms/form_for_pcr-nep.docx

अथवा

विदेशमा रहेका नेपालीहरु स्वयंले आफू रहे बसेकै स्थानबाट प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न निम्नानुसारको कागजात संलग्न राखी ([email protected]) निम्‍न ठेगानामा email पठाउन सक्नुहुनेछ । सम्बन्धित शाखालाई उक्त email प्राप्त भएपश्‍चात Criminal Record Check गरी निवेदन प्राप्त भएको ३ कार्य दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिनेछ ।

निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु: (Scanned Documents)

क) निवेदन फाराम (Download Here)

https://cid.nepalpolice.gov.np/images/documents/character_forms/form_for_pcr-nep_revised-2075-01-11.docx 

ख) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:

       • पृष्ठ नं. – २, ३ तथा ३१ ।

       • अन्तिम पटक नेपाल छोड्दाको Nepal Immigration Departure Stamp स्पष्ट भएको पृष्ठ ।

ग) नागरिकताको प्रतिलिपी थान १ ।

घ) विवाहित महिलाको हकमा विवाह दर्ता प्रतिलिपी थान १ ।

ङ) पासपोर्ट साइजको रंगीन फोटो । (Maximum Size upto 200Kb)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल