१ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका नेपाली नागरिकहरूले चालचलन प्रमाणपत्र (Police Report) कसरी लिने ? (फारम सहित)

२३ पुष २०७५, सोमबार ०७:५९

विदेशमा रहेका नेपालीहरुका सम्बन्धित नातेदारहरुले प्रहरी प्रधान कार्यालय चालचलन शाखामा तोकिएको निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसी निर्धारित समय भित्र निवेदन दिनु पर्नेछ । समय भित्र निवेदन प्राप्त भएपछि सम्बन्धित व्यक्तिको अपराध अभिलेख चेकजाँच को लागि पठाईने छ । अपराधिक अभिलेख परिक्षण भई आएपछि ठीक रहेका पाइएमा निजलाई नेपालमा रहेको अवधि सम्मको प्रहरी चारित्रिक प्रमाणपत्र उपलव्ध गराईने छ र निवेदक स्वयं उपस्थित भई चारीत्रिक प्रमाणपत्र बुझी लानु पर्नेछ । निवेदन दिएको ३ कार्य दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिनेछ ।

निवेदन साथ पेश गर्नु पर्ने कागजातहरू:

क) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:

      १) पृष्ठ नं – २, ३ तथा ३१ ।

      २) अन्तिम पटक नेपाल छोडदाको Nepal Immigration Departure Stamp भएको पृष्ठ ।

ख) नागरिकताको प्रतिलिपी थान १ ।

ग) विवाहित महिलाको हकमा विवाह दर्ता प्रतिलिपी थान १ ।

घ) निवेदकको नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।

ङ) पासपोर्ट साइजको रंगीन फोटो थान २ । 

* निवेदन वुझाउने समय :- शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र ।

(फाराम डाउनलोड गर्नुहोस्) >> 

https://cid.nepalpolice.gov.np/images/documents/character_forms/form_for_pcr-nep.docx

अथवा

विदेशमा रहेका नेपालीहरु स्वयंले आफू रहे बसेकै स्थानबाट प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न निम्नानुसारको कागजात संलग्न राखी (policereport@nepalpolice.gov.np) निम्‍न ठेगानामा email पठाउन सक्नुहुनेछ । सम्बन्धित शाखालाई उक्त email प्राप्त भएपश्‍चात Criminal Record Check गरी निवेदन प्राप्त भएको ३ कार्य दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिनेछ ।

निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु: (Scanned Documents)

क) निवेदन फाराम (Download Here)

https://cid.nepalpolice.gov.np/images/documents/character_forms/form_for_pcr-nep_revised-2075-01-11.docx 

ख) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:

       • पृष्ठ नं. – २, ३ तथा ३१ ।

       • अन्तिम पटक नेपाल छोड्दाको Nepal Immigration Departure Stamp स्पष्ट भएको पृष्ठ ।

ग) नागरिकताको प्रतिलिपी थान १ ।

घ) विवाहित महिलाको हकमा विवाह दर्ता प्रतिलिपी थान १ ।

ङ) पासपोर्ट साइजको रंगीन फोटो । (Maximum Size upto 200Kb)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल प्रहरीका ६१ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो देउवाले भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको सामू एकजुट भई सामना गर्ने दृढ सङ्कल्प हुनुपर्ने बताए चैत मसान्तसम्म २९ प्रतिशतमा विकास खर्च खुम्चियाे एमआरपी मूल्य उल्लेख नगरि वस्तु बिक्री गरेका एक पसललाई २ लाख जरिवाना आज भक्तपुरको प्रसिद्ध बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइँदै कांग्रेसका नेता कोइरालाले कांग्रेस पार्टी “सुकिला मुकिला र पैसावालाको कब्जामा” जाने खतरा देखेको दाबी गरे नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु परराष्ट्रमन्त्री आरजु राणासहित १५ देशका राजदूत कन्याममा प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरे संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती सेवा विधेयक अघि बढाउन ढिलाइ गरिए आन्दोलन गर्ने चेतावनी दियो मन्त्री प्रदीप यादवद्वारा मेलम्चीमा छड्के अनुगमन, १६ कर्मचारी अनुपस्थित पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरे प्रधानमन्त्री ओलीले सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए रवि लामिछाने थुनाः सर्वोच्च अदालतले मगायो उच्चको कैफियत प्रतिवेदन नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, अधिकांश पर्यटकीय गन्तव्य पर्यटकले भरिभराउ शेरबहादुर देउबाले शिक्षकहरुको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए नेप्से परिसूचक आठ अङ्कले घट्यो करेन्ट लागेर २ जनाको मृत्यु लागुऔषध र अवैध पेस्तोलसहित एक जना भारतीय नागरि पक्राउ