२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् बैदेशिक रोजगारीमा जाने ४ विकल्पहरु, आवश्यक पर्ने डकुमेन्टहरु के-के ?

२०७५, २४ माघ बिहीबार ०८:५१

सास | बैदेशिक रोजगारीको लागि विदेश जान सरकारले ४ विकल्पहरु खुला गरेको छ । संस्थागत रुपमा म्यानपावर कम्पनी मार्फत, विदेश गएर फर्किएकाहरुले पुन: श्रम स्वीकृति (रि इन्ट्री) मार्फत, व्यक्तिगत श्रम स्वीकृति र बैधानिकरण गरि श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको छ । संस्थागत रुपमा बैदेशिक रोजगारीमा जानको लागि आवश्यक डकुमेन्ट दिएमा म्यानपावर कम्पनीले नै काम गरिदिने भएपनि अन्य ३ तरिका मार्फत श्रम स्वीकृति लिन व्यक्तिले आँफैले कामहरु गर्नुपर्ने हुन्छ । व्यक्तिगत श्रम स्वीकृति, पुन: श्रम स्वीकृति र बैधानिकरण गरि श्रम स्वीकृति लिन आवश्यक पर्ने डकुमेन्टहरुको जानकारी निम्न छ ।  

व्यक्तिगत श्रम स्वीकृति लिनको लागि आवश्यक पर्ने डकुमेन्टहरु:  

१. म्याद कायम भएको राहदानी 

२. म्याद भएको कामको भिषा 

३. काम गर्न जाने रोजगारदाता कम्पनीसंग गरिएको सक्कल करार पत्र कम्पनीको आधिकारिक इमेलबाट [email protected] मा पठाएको संझौता पत्र खाडी मुलुकको हकमा सम्बन्धित देश हेर्ने नेपाली नियोगबाट भिषा प्रमाणित गर्नुपर्ने 

४. अनलाईनमा नदेखिने भिषाको हकमा आधिकारिकता प्रमाणित हुनुपर्ने   

५. Cuirse को हकमा flight details, ok To boards, Gurentee Letter, Transit visa (Transit visa आवश्यक पर्ने हकमा Transit visa )

६. कामदारको मेडिकल रिपोर्ट 

७. अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र 

८. बिमा गरेको नयाँ कागजात  

९. बैदेशिक रोजगार प्रवर्द्धन वोर्डको कल्याणकारी कोषमा १५०० जम्मा गरेको भौचर 

१०. रोजगारदाता कम्पनीको बारे खुल्ने आधिकारिक कागजात 

११. साउदीको लागि अकामा (यो एउटा परिचयपत्र हो), कतारको लागि कतार ID को फोटोकपी 


बैदेशिक रोजगारीको लागि पुन: श्रम स्वीकृति (रि इन्ट्री) लिई विदेश जाँदा आवश्यक पर्ने डकुमेन्टहरु: 

(सोहि देश सोहि कम्पनीमा सोहि पदमा पुन : जाने वा ३ महिना भन्दा बढी अवधि काम गरि सकेका कामदारको लागि )

१. म्याद कायम भएको राहदानी 

२. म्याद भएको कामको भिषा 

३. पुरानो श्रम स्वीकृति 

४. कल्याणकारी कोषमा १५०० जम्मा गरेको भौचर

५. बिमा गरेको नयाँ कागजात  

६. रोजगारदाता कम्पनीको बारे खुल्ने आधिकारिक कागजात 

७. अध्यागमनको पस्थान तथा आगमन स्ट्याम्प 

८. खाडी मुलुक बाहेक अन्य मुलुकमा हकमा बिदामा आउने घरेलु कामदारले घरेलु कामदार पठाउने निर्देशिका २०७२ को अनुसूची ८ बमोजिम कागजात 

बैधानिकरण गरि विदेश: जानको लागि आवश्यक पर्ने डकुमेन्टहरु: 

१. म्याद कायम भएको राहदानी 

२. म्याद भएको कामको भिषा

३. कल्याणकारी कोषमा १५०० जम्मा गरेको भौचर

४. बिमा गरेको नयाँ कागजात

५. ३ महिना बन्द कम काम गरेको अवधि भएमा सक्कल करार पत्र सम्बन्धित कम्पनीको आधिकारिक इमेलबाट [email protected] मा पठाएको संझौता पत्र

६. अध्यागमनको पस्थान तथा आगमन स्ट्याम्प 

७. खाडी मुलुक बाहेक अन्य मुलुकमा हकमा बिदामा आउने घरेलु कामदारले घरेलु कामदार पठाउने निर्देशिका २०७२ को अनुसूची ८ बमोजिम कागजात 

८. Cuirse को हकमा Flight details, ok To Boards, Gurentee Letter, Transit visa (Transit visa आवश्यक पर्ने हकमा Transit visa )

९. रोजगारदाता कम्पनीको बारे खुल्ने आधिकारिक कागजात

१०. अनलाइनमा नदेखिने भिषाको हकमा आधिकारिकता प्रमाणित हुनुपर्ने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ