१३ बैशाख २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार बोर्डको व्यवस्थापनमा निशुल्क कल सेन्टर, देश/विदेशबाट गुनाशो गर्न यसो गर्नुस्

१४ चैत्र २०७५, बिहीबार १८:५६

चैत १५, काठमाडौँ | वैदेशिक रोजगार बोर्डको व्यवस्थापनमा रोजगारबारे बिभिन्न गुनाशो सुन्न निशुल्क कल सेन्टर स्थापनाको तयारि हुँदैछ ।

छिट्टै सञ्चालन हुन लागेको यो सेवाबाट स्वदेश वा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू लाभान्वित हुने बताइएको छ । 

यो सेवाले वैदेशिक रोजगार, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा, वैदेशिक रोजगार बोर्ड लगायत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायहरूका सेवा एवं कार्यक्रमहरूबारे कुनै पनि जानकारी लिन, सुझाव दिन वा गुनासो व्यक्त गर्न सकिनेछ । 


गुनाशो वा सुझाव दिनेले सिधै फोन वा इमेल, भाइवर, इमू, मेसेन्जर आदी सामाजिक सञ्जालमार्फत् सिधै सम्पर्क गर्न सक्छन । यसका लागि श्रम मन्त्रालयमा कल सेन्टरको व्यवस्था हुँदैछ र यो सेवा निकट भविश्यमा छिट्टै सञ्चालनमा ल्याइँदैछ । ११४१ नम्बरमा डायल गरी यस्तो सेवा लिन सकिन्छ । हाललाइ NTC प्रयोगकर्ताहरूका लागि यो नम्बरमा डायल गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ भने NCELL प्रयोगकर्ताहरूलाई समेत निशुल्क हुने गरी व्यवस्था गरिदैछ । 

विदेशमा रहेकाहरुले पनि यो सेवा लिन सक्छन । बिदेशमा हुनेले भाइवर, इमो, मेसेन्जर वा +977-1-5970008 बाट सशुल्क सम्पर्क गर्न सक्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ: वामदेव गौतम ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ गुल्मीमा गोठमा आगलागी हुँदा चार वर्षीय बालकको मृत्यु चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन मुम्बईमा महिला बेचबिखन गर्ने फरार प्रतिवादी ३० वर्षपछि पक्राउ स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुनेः मुख्यमन्त्री कार्की टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भूकम्पको एकदशक : सम्झना ताजा वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक प्रतिनिधिसभामा प्रस्तुत भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण महायज्ञमा एक करोड २० लाख सङ्कलन शिक्षकका माग सम्बोधन गर्न ट्रेड युनियनको आग्रह ‘मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट जाने प्रवृत्ति अन्त्य होस्’ जिपको ठक्कबाट स्कुटर चालकको मृत्यु प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : सांसद पुन ‘जनताले संवैधानिक आधारभूत अधिकार पाउनुपर्ने’