१३ बैशाख २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जान ठ्याकै कति खर्च लाग्छ ? हेर्नुहोस देशगत लागत विवरण

२४ चैत्र २०७५, आईतवार ११:४७

चैत्र २४, काठमाडौँ | नेपालबाट बैदेशिक रोजगारीमा जानको लागि संस्थागत रुपमा १ सय १० देश खुला गरिएको छ । यी मध्ये इराक र लिविया हाल रोक्का गरिएको छ । बैदेशिक रोजगारीमा जाँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने सेवा शुल्कबारे जानकारी नहुँदा ठगिनुपर्ने हुन्छ तसर्थ ठगिनबाट जोगिनको लागि आफुँ जान लागेको देशमा जाँदा लाग्ने सेवा शुल्क बारे जानकार हुनु जरुरी छ ।

सरकाराले कामदारबाट म्यानपावर कम्पनीले लिन पाउने अधिकतम सेवा शुल्क तोकेको छ। सरकारले २०७२/०३/२१ गतेबाट फ्रि भिसा फ्रि टिकटको व्यवस्था लागू गरेको छ । जसअनुसार खाडीका ६ देश कतार, साउदी, कुवेत, बहराइन,ओमान, युएईको लागि फ्रि भिषा र फ्रि टिकट अनिवार्य गरिएको छ भने सेवा शुल्क बढिमा १० हजारसम्म म्यानपावर कम्पनीले लिन छुट दिइएको छ। तर सरकारले अनुगमन नगर्दा म्यानपावर कम्पनीहरूले कामदारसँग ५ लाखसम्म शुल्क लिने गरेका छन् । 

मलेसियाको लागि कामदारको सबै खर्च रोजगारदातालाई नै तिराउने गरि कार्तिक १२ गते नेपाल र मलेसिया विच श्रम सम्झौतामा हस्ताक्षर भइसकेको छ। यो कार्यन्वयन हुँदैछ । मौरिसस् को लागि १ लाख ९ हजार ९ सय, जापानको लागि टिकट बाहेक ५० हजार (हाल दुई देशवीच सरकारीस्तरमा नै कामदार लैजानेगरी श्रम समझदारी भएको तर सेवा शुल्क नतोकिएको), रसियाको लागि ८० हजार, पोल्याण्डको लागि ८० हजार ४ सय, पोर्चुगलको लागि ६५ हजार, लिबिया ९० हजार (४१७५ खाना, आवास सुविधा सहित) तोकिएको छ । त्यस्तै इपिएस मार्फत दक्षिण कोरियाको लागि ७ सय ७० युएस डलर, अल्जेरियाको लागि सिप भएकाको लागि १ लाख १८ हजार र स्टाफको लागि १ लाख २३ हजार सेवा शुल्क तोकिएको छ ।

यी देश बाहेक सेवा शुल्क नतोकिएका मुलुकको हकमा अधिकतम ६ महिनाको तलब बराबर म्यानपावर कम्पनीले लिन पाउने प्रावधान रहेको छ । यदि म्यानपावर कम्पनीले यो सेवा शुल्क भन्दा बढी लिएमा श्रम मन्त्रालयको कल सेन्टर, बैदेशिक रोजगार विभागमा उजुरी गर्न सकिन्छ । साथै मोबाइलमा बैदेशिक रोजगार एप डाउनलोड गरि त्यस मार्फत पनि गुनासो गर्न सकिने व्यवस्था छ ।

बैदेशिक रोजगारीको लागि देशगत लागत खर्च:- 

१. जापान – (अधिकतम लागत) रु. ५०,०००/- (श्रम समझदारी हुनुभन्दा अगाडिको)

२. बहराइन – (अधिकतम लागत) रु. १०,०००/-

३. कुवैत – (अधिकतम लागत) रु. १०,०००/- 

४. लेबनान – (अधिकतम लागत) रु. ७०,०००/-

५. मौरिसेस – (अधिकतम लागत) रु. १९,०००/-

६. ओमान – (अधिकतम लागत) रु.१०,०००/-

७. पोल्याण्ड – (अधिकतम लागत) रु. ८०,४००/- 

८. कतार – (अधिकतम लागत) रु. १०,०००/-

९. रसिया – (अधिकतम लागत) रु. ८०,०००/- 

१०. साउदी अरबिया – (अधिकतम लागत) रु.१०,०००/-

११. यु.ए.ई – (अधिकतम लागत) रु.१०,०००/- 

पैसा म्यानपावरलाई दिने कि एजेन्टलाई ?

लागत रकम अनुसार रकम म्यानपावर कम्पनीलाई मात्र तिर्नुपर्छ र पैसा तिरेको आधिकारिक  रसिद पनि अनिवार्य लिएर त्यसलाई सुरक्षित राख्नुपर्छ । रसिद लिदा जति पैसा तिरेको हो, त्यति नै रकम बराबरको रसिद लिनुपर्छ, म्यानपावर कम्पनीले तपाईले तिरेको रकम भन्दा कम रकमको रसिद दिएर ठगि गर्न सक्छन् तसर्थ तपाई आँफै यस विषयमा सचेत हुनुपर्छ । हाल सरकारले बैदेशिक रोजगार ऐन संसोधन गरि एजेन्ट व्यवस्था हटाएको छ तसर्थ एजेन्ट मार्फत कारोबार गर्नु गैर कानूनी हो । 

कल्याणकारी कोषमा कति जम्मा गर्नुपर्छ ?

रु १५०० जम्मा गर्नुपर्छ जसले पनि बिमाले जस्तै विदेशमा अङ्ग-भङ्ग भएमा¸ प्राणघातक रोग लागेमा वा मृत्यु भएमा क्षतीपूर्ति प्रदान गर्छ ।

अभिमुखीकरण तालिमको लागि कति खर्च लाग्छ ?

अभिमुखीकरण तालिमको लागि  रु ७०० रुपैयाँ तिर्नुपर्छ तर महिलाहरूले भने वैदेशिक रोजगार प्रवर्दन बोर्डबाट फिर्ता पाउँनेछन् ।

सीप सिकेको कति खर्च लाग्छ ?

सीपको प्रकार र सीप दिने संस्थाको नियमअनुसार फरकफरक पर्छ, सामान्यतया रु ३,००० देखि १,००,००० सम्म लाग्न सक्छ । घरेलु कामदारको लागि जानेहरुलाई भने सरकारले नि:शुल्क सीप सिक्ने व्यवस्था गरेको छ ।

बिमा गर्न कति पैसा लाग्छ ?

बिमा गर्न कामको प्रकार¸ विदेश जाने व्याक्तिको उमेर¸ विदेशमा बस्ने अवधि हेरेर बिमाको शुल्क  रु ३९०० देखि रु २०,००० सम्म लाग्नसक्छ। 

बैदेशिक रोजगार मोबाइल एप डाउनलोड गरि तपाईका कुनै गुनासा, जिज्ञासा टिपाउन सक्नुहुनेछ साथै कार्यालय समयमा साझा सबाल मिडियाको ०१-४४१२९८८ मा कल गरि जानकारी लिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ: वामदेव गौतम ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ गुल्मीमा गोठमा आगलागी हुँदा चार वर्षीय बालकको मृत्यु चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन मुम्बईमा महिला बेचबिखन गर्ने फरार प्रतिवादी ३० वर्षपछि पक्राउ स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुनेः मुख्यमन्त्री कार्की टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भूकम्पको एकदशक : सम्झना ताजा वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक प्रतिनिधिसभामा प्रस्तुत भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण महायज्ञमा एक करोड २० लाख सङ्कलन शिक्षकका माग सम्बोधन गर्न ट्रेड युनियनको आग्रह ‘मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट जाने प्रवृत्ति अन्त्य होस्’ जिपको ठक्कबाट स्कुटर चालकको मृत्यु प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : सांसद पुन ‘जनताले संवैधानिक आधारभूत अधिकार पाउनुपर्ने’