२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब भारतको बाटो हुँदै विदेश जाने नेपालीलाई सिफारिस पत्र चाहिने, के-के चाहिन्छ कागजात ?

२०७६, ३१ बैशाख मंगलवार ११:१२

वैशाख ३१, काठमाडौँ | भारत हुँदै तेश्रो मुलुक जाने नेपालीहरुलाई भारत स्थित नेपाली दुतावासले भारतीय अध्यागमन पार गर्दा नेपाली राजदुतावासको सिफारिस पत्र आवश्यक पर्ने जनाएको छ | 

दुतावासले जारी गरेको सूचना अनुसार सिफारिस पत्रको लागि बिभिन्न ६ किसिमका कागजात चाहिने जानकारी दिएको छ | सूचना अनुसार नेपालको बाटो नभई भारतको बाटो अपनाउनुको कारण र सम्बन्धित व्यक्तिको हस्ताक्षर सहितको निवेदन, यात्रा गर्नेको राहदानी र त्यसको प्रतिलिपि, गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपि आवश्यक पर्दछ | 

त्यस्तै भारतको बाटो हुँदै तेश्र्पो मुलुकमा बैदेशिक रोजगारीको लागि जाने हो भने नेपाल सरकारबाट जारी हुने श्रम स्वीकृतिको प्रतिलिपि समेत बुझाउनुपर्ने भएको छ  | यस अघि अबैध रुपमा भारतको बाटो हुँदै बैदेशिक रोजगारीमा जानेको शंख्या ठूलो रहेको थियो | 

त्यस्तै भारतको बाटो हुँदै पहिले पनि तेश्रो मुलुकमा गएको भए सोको यात्रा अभिलेख (भिषा, आगमन, प्रस्थान आदि) को प्रतिलिपि चाहिने भएको छ | 

त्यस्तै अध्ययन, व्यवसायको सिलसिलामा भारतमा रहेका नेपाली नागरिकहरुको हकमा अध्ययन, व्यवसायसँग सम्बन्धित परिचयपत्र तथा कागजात आवश्यक पर्नेछ | 

आफ्नो काम अनुसार माथि आवश्यक कागजात पाएपछि मात्र भारत स्थित नेपाली दुतावासले औचित्यको आधारमा राजदुतावासले उपयुक्त सिफारिस पत्र जारी गर्नेछ | 

हेर्नुहोस् सूचना 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने