२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार – हाउस किपिङ तालिमको पाठ्यक्रम

२०७६, २ जेष्ठ बिहीबार ११:४९

सास (काठमाडौँ) | वैदेशिक रोजगार विभागले २०७६ असार १५ गतेदेखि रोजगारमुलक सीप नसिकेका कामदारलाई श्रम स्वीकृति नदिने भएसँगै बैदेशिक रोजगारीमा जान चाहने युवाहरुले रोजगारमुलक सीप सिकाईको जानकारी लिन अत्यावश्यक देखिएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गत बैशाख १६ गते स्वीकृत रोजगारमुलक सीप बिकास तालिम सञ्चालन कार्यविधि, २०७५ अनुसार विभागले आगामी असार १५ पछि वैदेशिक रोजगारमा जाने कामदारहरुका लागि सीपमूलक तालिम प्रमाण पत्र (स्किल सर्टिफिकेट) अनिवार्य गर्न लागेको हो । यो नीतिसँगै बैदेशिक रोजगारीमा जान चाहने युवायुवतीहरुले सुचीकृत तालिम प्रदायक संस्थाबाट तालिम लिनु अत्यावश्यक हुने भएको छ । 

सीपमूलक कामको लागि वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले श्रम स्वीकृति लिनु अघि बैदेशिक रोजगार बिभागबाट स्वीकृति प्राप्त तालिम प्रदायक संस्थाद्वारा दिइने सम्बन्धित विषयको तालिम लिएको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । कम्तीमा तीस कार्य दिन (कूल १६० घण्टा) को कोर्ष हुने तालिमका लागि प्रशिक्षार्थीहरूको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको बिद्युतीय हाजिरीको दैनिक अभिलेख राखी कडाई गरिनेछ ।

हाउस किपिङबारे जानकारी

बिभिन्न क्षेत्र जस्तै घर, होटल, कम्पनीहरुको सुरक्षित तथा छिटो छरितो ढंगले गरिने सरसफाईलाई हाउसकिपीङ भनिन्छ । यस कार्य गर्ने सम्बन्धित व्यक्त्तिलाई हाउसकिपिङ एटेन्डेन्ट भनिन्छ । हाउसकिपिङ एटेन्डेन्टलाई बिभिन्न क्षेत्र अनुसार फरक फरक नामहरु जस्तै हाउस किपर, क्लिनर, हाउसम्यान, रुम एटेन्डेन्ट आदि राखिएको हुन्छ । 

हाउसकिपिङ एटेन्डेन्टका बिभिन्न भूमिका र जिम्मेवारीहरु हुन्छन्, जुन जिम्मेवारीपुर्वक निभाउनु पर्ने हुन्छ । हाउसकिपिङ एटेन्डेन्टका मुख्य कामहरुमा पाहुनाकोठा सफा गर्ने, बेद मिलाउने, बाथरुम तथा झ्यालढोकाहरु सफा गर् मेशिन लगाउने, पार्किंग सफा गर्ने, पाहुनाको सेवा गर्ने आदि पर्दछन । होटलको नियम नीति अनुसार निर्धारित समयमा वफादारी भएर आफूलाई दीईएको काम र जिम्मेवारी पूर्ण रुपमा गर्नुपर्ने हुन्छ । 


होटलमा पाहुनाहरु आउने र जाने कार्य निरन्तर हुने हुँदा नियमित सरसफाई गर्नु आवश्यक छ जुन काम मुख्यत हाउसकिपिङ एटेन्डेन्टले गर्दछ । उदाहरणको लागि कुनै व्यक्ति कुनै पनि क्षेत्र होटल, कम्पनीमा प्रवेश गर्दा उसको पहिलो नजरनै सरसफाईमा पर्दछ । प्रवेशद्वारदेखि नै फोहोर भेटिएमा भित्र भेटिने व्यक्ति वा खाइने खाना जस्तोसुकै सफा भए पनि सुरुमा नै फोहोर भएकाले सो व्यक्तिलाई त्यस ठाउँमा आईराख्न मन नलाग्ने हुन्छ । पहिलो प्रभावनै अन्तिम प्रभाव (First impression is last impression) भनेझैं प्रवेशद्वारादेखि नै होटलको कुना-काप्चा सफा राख्नु पर्दछ ।

होटल क्षेत्रमा हाउसकिपिङलाई होटलको मुटुनै मानिन्छ । त्यसैले यस्तो व्यक्तिले आफूले पाएको जिम्मेवारी क्षेत्रमा मात्र नभई आफ्नो समेत सरसफाईमा अति ध्यान दिनुपर्ने हुन्छ । यस्तो काममा खट्ने व्यक्तिले सफा लुगा, सफा जुत्ता, नङ काटेको, नियमित नुहाएको, पुरुषले कपाल काटेको र महिलाले कपाल बाँधेको हुनुपर्छ । यसै गरि काम गर्दा पन्जा, होटलको पोशाक नियमित रुपमा लगाउने र धुने गर्नुपर्छ । व्यक्तिगत सफाईले आफैलाई पनि धेरै कुरामा आत्मबल बढाउनुको साथै आफ्नो स्वास्थ्यलाई समेत फाइदा पुर्याउँछ । 

पाठ्यक्रम तल हेर्नुहोस् वा यहाँ क्लिक गरि डाउनलोड गर्नुहोस् 

Download Size: 1.85 Mb


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने