२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब बैदेशिक रोजगारीमा जानेहरुको लागि ‘बैदेशिक रोजगार बचत खाता’, यस्ता छन् १५ सुविधा

२५ असार २०७६, बुधबार २०:१५

असार २६, काठमाडौँ | एनआईसी एसिया बैंकले बैदेशिक रोजगारीमा भएका तथा जान चाहनेहरुलाई मध्येनजर गर्दै चमत्कारिक बैदेशिक रोजगार बचत खाताको सुरुवात गरेको छ । बैंकले बैदेशिक रोजगारीमा जाने युवाहरुले आफूले बिदेशी भूमिमा दु:ख गरि कमाएको पैसा बचत होस् भन्ने हेतुले उक्त खाताको सुरुवात गरेको जनाएको छ । यो खाता खोलेर विदेश जाने युवाले बैंकमार्फत १० लाखसम्मको बिमा सुविधा पनि पाउने हुँदा यो खातामा विदेश जाने युवाहरु आकर्षित भएका छन् । 

बैंकका अनुसार यो खाता एनआईसी एसियाका जुनसुकै शाखाबाट पनि खोल्न सकिनेछ । विदेश जाने युवाहरुले आफ्नो घर चलाउने निश्चित रकम घरमा पठाएर बाँकी रहेको पैसा आफ्नै खातामा जम्मा गरुन् भन्ने हेतुले यस्तो खाता सुरुवात गरिएको बैंकले जनाएको छ । विदेश जाने युवाहरुले यस्तो खाता सहज रुपमा खोलुन् भन्ने हेतुले एनआईसी एसिया बैंकले सिनामंगल र सामाखुसी क्षेत्रमा दर्जन बढी कर्मचारी परिचालन गरेको छ । खटिएका कर्मचारीहरुले बैदेशिक रोजगारीमा जाने क्रममा रहेका युवाहरुलाई प्रत्यक्ष भेटेर उनीहरुलाई खाता खोल्न प्रोत्साहन गर्ने गरेका छन् । यही क्रममा बैंकबाट खटिएका एक कर्मचारीहरुले बताए अनुसार विदेश जाने तयारीमा रहेका अधिकांश युवाहरुले यस्तो खाता खोल्न उत्साहित भएको बताए । उनका अनुसार बैंकले यो खाताको स्किम ल्याएसँगै म्यानपावर कम्पनीहरु धेरै भएका क्षेत्रहरु बिशेष गरि गोंगबु तथा सिनामंगल क्षेत्रका एनआईसी एसिया बैंकका शाखाहरुमा बैदेशिक रोजगारमा जानेहरुले दैनिक यस्तो खाता खोल्न थालेका छन् । 

Read More+

'खाता खोल्न सजिलो छ'

बैदेशिक रोजगारीमा जान चाहने तथा जाने तयारीमा रहेका युवाहरुले आफ्नो पासपोर्ट वा नागरिकताको फोटोकपी र २ प्रति फोटो लिएर एनआईसी एसिया बैंकको नेपालभरीको जुनसुकै शाखाबाट यस्तो खाता खोल्न सक्छन् । यो खाता खोल्नको लागि न्युनतम रु ५०० मात्र आफ्नो खातामा डिपोजिट गरे पुग्छ । त्यसपछि बैदेशिक रोजगारीमा गएर आफ्नो खातामा पैसा जम्मा गर्न सकिन्छ । ६.५ प्रतिशत ब्याज समेत पाइने यो खाताले बैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई बिभिन्न १५ प्रकारका सुविधाहरु प्रदान गरेको छ । 

यस्तो खाता खोल्ने युवाहरुले के-के सुविधा पाउन सक्छन् तल बुदागत रुपमा हेर्नुहोस् ? 

१. इन्टरनेट बैंकिंग (पहिलो बर्ष निशुल्क)

२.  मोबाइल बैंकिंग (पहिलो बर्ष निशुल्क)

३. डेविट कार्ड (पहिलो बर्ष निशुल्क) 

४. अनलाइनबाटै Fixed Deposit गर्न सकिने सुविधा 

५. FCY Exchange – Rebate on purchase and premium on sell (१५ पैसा मात्र)

६. अन्तराष्ट्रिय Visa Card – २ दिनमै पाइने (५०% छुटमा) 

७. Swift/ Demand Draft issuance – (२ लाखसम्म निशुल्क प्रोसेसिङ गरिने/प्रति बर्ष) 

८. Supplementary Card – (पहिलो बर्ष निशुल्क) 

९. Home Loan Processing Fees – 25 basis point

१०. Home Loan मा Interest Rate – Base Rate + Upto 3%

११. दुर्घटना मृत्यु/स्थाई रुपमा अशक्त विमा – १० लाख वा (मासिक बचतको ५ गुणामा जुन कम हुन्छ)

१२. ABBS Charge – ५ लाखसम्म निशुल्क

१३. ATM Withdrawal/Balance Inquiry – नेपाल भरीको ATM काउन्टरमा निशुल्क

१४. भाईवर बैंकिंग सुविधा – निशुल्क 

१५. Demat Account opening facility – निशुल्क दर्ता 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान