२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएई, कतार र कुवेतमा घरेलु कामदारको लागि के-के कागजात आवश्यक छ ? (पत्र सहित )

३ आश्विन २०७६, शुक्रबार ०४:२२

असोज ३, काठमाडौं | युएई, कतार तथा कुवेतस्थित नेपाली दूतावासले घरेलु कामदारको लागि पुनः श्रम स्वीकृतिको सिफारिस उपलब्ध गराउन थालेको छ । दूतावासहरुले सूचना जारी गर्दै पुनः श्रम स्वीकृबारे निवेदन लिईरहेका छन् । 

सरकारले घरेलु कामदारका लागि पुन : श्रम स्वीकृति दिने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली दुतावासहरुले पुन : श्रम स्विकृतिका लागि शिफारिस दिन सुरु गरेका हुन् । श्रम स्वीकृति लिइ बिभिन्न देशमा कार्यरत भएर विदामा घर गइ पुनः पुरानै रोजगारदाताकोमा आउनेहरूका लागि मात्रै अर्को निर्णय नभएसम्मका लागि पुनः श्रमस्वीकृतिको सिफारिस दिने दूतावासहरुले जानकारी दिएका छन् ।

दुतावासहरुले बिभिन्न कागजात सहित सम्बन्धित देशको दुतावासमा गएर तोकिएको ढांचामा फारम भरि आवश्यक कागजात बुझाएमा श्रम स्वीकृति दिने जनाएका छन् । 

कतारको लागि कागजात के -के चाहिन्छ ?

१. म्याद रहेको नेपाली राहदानी र सो राहदानीको पृष्ठ न २ र ३ पेजको प्रतिलिपि 

२. घरेलु कामदारको रुपमा कतार आएको श्रम स्वीकृतिको प्रतिलिपि 

३. निवेदकको कतारी आईडीको प्रतिलिपि 

४. कतारको श्रम बिभागबाट प्रमाणित भएको करार सम्झौताको सक्कल तथा प्रतिलिपि 

५. रोजगारदाताको कतारी आईडीको प्रतिलिपि 

दुतावासले जुन रोजगारदाताकोमा श्रम स्वीकृति लिएर आएको हो त्यसैकोमा काम गर्नका लागि मात्रै यो पुनः स्वीकृति सिफारिस लागू हुनेछ । करार सम्झौताको प्रमाणीकरणसहित सिफारिसको १८५ रियाल लाग्ने समेत कतारस्थित दूतावासले जनाएको छ ।


युएईको लागि कागजात के -के चाहिन्छ ?

१. अवधि कायम भएको भिषा, राहदानी र करार सम्झौता को प्रमाणित प्रतिलिपि

२. रोजगारदाताको राहदानीको प्रतिलिपि 

३. घरेलु कामदारको रुपमा श्रम स्वीकृति लिई बैदेशिक रोजगारमा युएई आएको निस्साको प्रतिलिपि 

४. बिदामा स्वदेश गई पुन: बैदेशिक रोजगारीमा फर्कंदा साविककै रोजगारदाताकोमा जाने सुनिस्चितता हुने कागजात वा निस्सा 


कुवेतको लागि कागजात के -के चाहिन्छ ?

१. घरेलु कामदारको रुपमा श्रम स्वीकृति लिई कुवेतमा आएको पुष्टि गर्ने निस्सा प्रमाण 

२. बिदामा स्वदेश गई पुन: बैदेशिक रोजगारीमा साविककै रोजगारदाताकोमा आउने सुनिस्चित भएको सम्बन्धि कागजात 

३. म्याद कायम रहेको भिषा, राहदानी र करार सम्झौता 

४. रोजगारदाताको सम्पर्क नम्बर, ठेगाना, राहदानी तथा नागरिक परिचयपत्रको प्रतिलिपि 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान