२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले छिट्टै ओमनसंग श्रम सम्झौता गर्दै, लागत शुल्क बुझाउनु नपर्ने

२०७६, २४ आश्विन शुक्रबार १७:४४

असोज २४, काठमाडौँ | नेपाल र ओमानबीच छिट्टै श्रम सम्झौताको तयारी हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छिट्टै ओमनसंग श्रम सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरको जनाएको हो । 

नेपाल र ओमनबीच श्रम सम्झौताको मस्यौदामा सहमति भएपछि हस्ताक्षर प्रक्रिया अगाडि बढाइएको हो । मन्त्रालयले श्रम सम्झौताको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरिसकेको छ ।

ओमानसंगको श्रम समझदारीमा हस्ताक्षर नेपालमै गर्ने योजना छ । हस्ताक्षर कार्यक्रममा सहभागी हुन ओमनका जनशक्तिमन्त्री शे ख अब्दुल्लाह बिन नासेर अल वक्रीको समय लिइसकिएको छ । तर श्रम सम्झौता हुने मिति भने सार्वजनिक गरिएको छैन ।

नेपालीका लागि सुरक्षित गन्तव्य मध्ये रहेको ओमनमा श्रम सम्झौतापछि कामदार पठाउनु थप सुरक्षित हुने बताइएको छ । नेपाल र ओमानबीच अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को मापदण्ड पूरा हुने गरी समझदारी गर्न लागिएको हो । कामदार भर्ना प्रक्रियामा लाग्ने सबै खर्च रोजगारदाताले बेहोर्ने गरी समझदारी गर्न ओमन तयार छ । ओमन जाने कामदारले म्यानपावरलाई लागत शुल्क बुझाउनुपर्दैन । टिकट र भिसा शुल्क पनि रोजगारदाताले नै दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल